bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रदेश प्रहरी कार्यालय विराटनगरको भवन शिलान्यास

pokhariya Holi Notice

राजेश कुमार शर्मा/विराटनगर ,न्यूज़ वर्ल्ड । ।  प्रदेश  नम्बर १ प्रहरी कार्यालय बिराटनगरको सुविधा सम्पन्न कार्यालय भवन निर्माण हुने भएको छ । प्रदेश सरकार, प्रदेश नं. १ बाट बजेट बिनियोजित भई सम्झौता भएको मितिले २ बर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको १६ हजार १ सय २१ स्क्वायर फिट क्षेत्रफल रहेको ५ तले सुबिधायुक्त कार्यालय भवनको आज १ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री शेरधन राईले एक समारोहका विच शिलालेख अनावरण गरी विधिवत रुपमा शिलान्यास गर्नुका साथै प्रदेश सरकारबाट नै प्राप्त भएका १५ वटा चारपाङ्ग्रे सवारी साधन र २०० वटा मोटरसाईकलहरुको पनि आजैबाट परिचालन शुभारम्भ गर्नु भएको छ ।

उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले स्वागत मन्तव्य सहित प्रदेश सरकारबाट प्राप्त सहयोगबारे जानकारि दिनु भएको थियो । वहाले प्रहरीलाई भौतिक पूर्वाधार लगायत साधन-स्रोत सम्पन्न बनाई प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्न सक्षम बनाउने प्रदेश सरकारको योजना अनुसार प्रदेश प्रहरी कार्यालय भवन सहित १४ वटै जिल्लामा १/१ वटा नागरिक सहायता कक्ष र महिला चेन्जिङ रुम, जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यालय प्रमुख निवास र महिला र विभिन्न जिल्लाका प्रहरी ईकाईहरु सहित जम्मा ५२ वटा विभिन्न प्रहरी ईकाईहरुको भवन २ वर्ष भित्र निर्माण सम्पन्न हुने गरी आवश्यक प्रक्रिया अघि बढिसकेको बताउनु भयो । साथै झापा जिल्लामा नमुना प्रहरीको अवधारणा बमोजिम pilot project को रुपमा कार्य अगाडि बढाउन रू ३ करोड बजेट बिनियोजन गरि तीन वर्ष भित्रमा आम नागरिकलाई प्रहरी सेवा प्रवाह र अनुसन्धानका लागि नमूना जिल्लाको रुपमा विकसित गर्ने योजना समेत अघि बढेको छ ।

साथै प्रहरी कार्यालयको फोन नम्बर सहितको १० लाख थान स्टिकर घर-घरमा टाँस गरिएको, विपदको समयमा उद्धार कार्यको लागि २ वटा rubber boat सहित विभिन्न प्रकारका ३५ वटा उद्धार सामाग्रीहरु, ट्राफिक दुर्घटना नियन्त्रण र सवारी व्यबस्थापनका लागि अत्यावश्यक ठानिएका ब्रेथलाईजर, राडार गन , फ्लोरसेन्ट ज्याकेट, मास्क लगायतका सामाग्रीहरु, बिभिन्न जनचेतना मूलक पर्चा पम्प्लेट सात लाख थान, मोबाईल फोन १०० थान, लगायत विविध सामाग्रीहरु समेत यस अघि नै उपलब्ध गराईएको , अपराध नियन्त्रण र अनुसन्धान, ट्राफिक व्यवस्थापन लगायतका समग्र प्रहरी सेवा प्रवाहलाई प्रविधी मैत्री बनाउन केही दिनमा नै कोशी व्यारेजदेखि काकडभिट्टा, जोगवनी नाका देखि धरान र पाडाजुगिं चोकदेखि गौरीगंज सम्मका मुख्य राजमार्ग र शहरी क्षेत्रमा प्रदेश सरकारबाट नै विनियोजित बजेटबाट सि.सि.टि.भी. समेत जडान हुन गईरहेको र कोशी गाउँपालिकाको कोशी कटान क्षेत्रमा रिप्रेसमेन्ट सेन्टर निर्माण, मोरङ, सुनसरी, झापा, उदयपुर, धनकुटा र इलाम जिल्लाका १०/१० कि.मि. क्षेत्रमा सडक शुसासन कार्ययोजना र लागु-औषध सम्बन्धि सचेतनामूलक कार्यक्रम जस्ता प्रहरी कार्यसंग सम्बन्धित कार्यक्रमहरु समेत प्रहरीसंगको सहकार्यमा प्रदेश सरकारबाट कार्यान्वयनको क्रममा रहेको समेत वहाँले जानकारि गराउनु भयो ।

उक्त कार्यक्रमका प्रमुख अतिथी माननीय मुख्य मन्त्रीले प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई उपलब्ध गराएको १५ वटा चार पाङग्रे गाडी र २०० वटा मोटरसाईकलको रिवन काटेर परिचालन शुभारम्भ समेत गर्नु भएको थियो । साथै कार्यक्रममा प्रदेश प्रहरी कार्यालय भवनको डिजाईन तयार गर्नु हुने आर्किटेक्ट ईन्जिनियर श्री कंचन विष्ट राना लाई सम्मान पत्रबाट सम्मान गर्नु भएको थियो । सम्मान कार्यक्रम पश्चात कार्यक्रमलाई सम्बोधन गदै वहाँले सुरक्षा अवस्था मजबुत नभएसम्म बिकास निर्माणलाई अगाडी बढाउन नसकिने धारणा राख्दै प्रदेश सरकारले पहिलो प्राथामिकतामा सुरक्षा ब्यबस्था बलियो बनाउने नीति रहेको बताउनु भयो । सुरक्षा ब्यवस्था मजबुत नभएसम्म आम नागरीकहरुले सुरक्षा प्रत्याभुती गर्न नसक्ने हुँदा सबैले सुरक्षाको प्रत्यक्ष अनुभुती पाउने गरी नागरीक मैत्री सुरक्षा ब्यबस्था लाई अवलम्बन गरीएको पनि प्रस्ट पार्नु भयो ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी प्रहरी नायव महानिरीक्षक केदार रिजालले स्वागत मन्तब्य राख्दै सुरक्षा पहिलो र आधारभुत सर्त रहेको बताउदै आन्तरिक शान्ति सुरक्षाको अग्र भागमा रहने नेपाल प्रहरीलाई चुस्त दुरुस्त र प्रबिधीमैत्री बनाउन भौतिक पुर्वाधार लगाएतका श्रोत साधनहरुको पनि त्यतिकै आवश्यकता रहेको हुँदा प्रदेश सरकार बाट नेपाल प्रहरीलाई भौतिक पुर्वाधार युक्त बनाउने नीति अत्यन्तै सान्दर्भीक रहेको बताउनु भयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हिक्मत बहादुर कार्कीले सुरक्षा ब्यबस्था मजवुत भएमा मात्र समृद्धी तर्फ अगाडी बढ्न सकिने तथ्यलाई प्रदेश सरकारले आत्मसाथ गरेको धारणा राख्नु भएको थियो ।

यसैगरी प्रदेश सभाका सभामुख माननीय प्रदिप कुमार भण्डारीले आम नागरीकको सुरक्षामा २४ सै घण्टा तल्लिन रहने प्रहरी कर्मचारी भौतिक रुपमा सम्पन्न हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा प्रमुख अतिथी लगायत सम्पुर्ण आमन्त्रीत अतिथीहरुलाई धन्यवाद ज्ञापन गर्नु हुँदै संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जहाँ सुरक्षित वातावरण छ त्यहाँ बिकासका कामहरु धमाधम हुने हुँदा कुनै पनि किसिमका अपराधिक क्रियाकलापहरु क्षम्य नहुने बताउनु भयो । प्रहरीलाई सुबिधा सम्पन्न बनाउने प्रदेश सरकारको नीति प्रति खुसि व्यक्त गर्दै सुबिधा सम्पन्न भवन निर्माणले प्रहरी कर्मचारिहरुमा काम गर्ने थप हौसला प्रदान गर्ने बताउदै प्रदेश सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो । वहाँले सुरक्षा ब्यबस्थालाई मजबुत बनाउन प्रदेश सरकारबाट पाएको सामिप्यता र अबिभावकत्व आफुले पनि मनन गरेको हुँदा बिकास निर्माण लगायत hका सम्पुर्ण कार्यहरुमा आवश्यकता अनुसार सुरक्षा ब्यबस्था प्रदान गर्न निर्देशन समेत दिनु भयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer