bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पांच संस्थाद्धारा सात लाखको राहत सामग्री वितरण

pokhariya Holi Notice

श्याम सुन्दर सुतिहार, विराटनगर ।  बारामा चैत १७ गते आएको विनाशकारी हावाहूरीवाट घर विहीन हुन पुगेका घरपरिवारलाई विराटनगरका पांचवटा समाजिक संस्ताहरु मिलेर सात लाखको राहत सामग्रीहरु प्रदान गरेका छन् । महिला नगरिक समाजको अध्यक्ष आशा झाको नेतृत्वमा मोरंग व्यपार संघ महिला उद्यमी समिति सचिव साधना झा, बृहत मधेशी नागरिक समाजका अध्यक्ष सुर्यनाथ प्रसाद सिंह, महासचिव हिरालाल साह, सदस्य पुनम दास, मधेशी पत्रकार समाजका अध्यक्ष श्याम सुन्दर सुतिहार र सम्मान मधेश कतार परिवार समेत मिलेर विराटनगरमा सहयोग संकलन गरी बारा जिल्लाको देवताल गाउंपालिका वडा नं. ७ रामपुर्वा टोल र पचरौता नगर पालिका वडा नं. ७ बनौली टोलमा राहत वितरण गरिएको छ ।

पांचवटा समाजिक संस्था मिलेर दाल, चामल, तेल, स्वायवीन, चाउचाउ, साबुन, सर्फ, झुल, विस्कुट, टीसर्ट, कुर्ता, पेटीकोट÷व्लाउजको कपडा, त्रिपाल, कम्वल, टर्च, बेडसिट र प्याड लगायतका सामग्रीहरु एक सय घर परिवारलाई वितरण गरिएको छ । राहत वितरणमा मधेशी महिला नागरिक समाजका सदस्य मंजु मण्डल, महिला उद्यमि समितका सदस्य रिजाल दिदी र बाराका सीआईएन नेपाल अनलाई खबरका पत्रकार अनिल वर्माले सहयोग गरेका थिए । राहत वितरण गरिएको देवताल गाउंपालिका वडा नं. ७ रामपुर्वामा १ सय २५ घर प्रभावित भएको छ जस मध्ये ४२ घर पुर्ण रुपमा क्षति भएको छ भने ८३ घर आंशिक रुपमा क्षति भएको छ । त्यसै गरी पचतौरा नगर पालिका वडा नं. ७ बेनौालीमा ३५ घर प्रभावित भएको छ जसमध्ये १७ वटा घर पुर्ण क्षति भएको छ भने १८ वटा आंशिक क्षति भएका छ ।

त्यसै गरी कलैया उपमहानगर पालिका वडा नं. १२ धर्मनगर दुईवाट ईटा उद्योग पूण रुपमा क्षति भएको छ भने ४ जनाको मृत्यु भएको छ भने १७ वटा घरमा क्षति भएको छ जस मध्ये ५ वटा पूर्ण र १२ आंशिक क्षति भएको छ । १५ जना घाईते भएको छ । वडा नं. १३ छोटकी फूलवरीयामा ३५ घर क्षति भएकोमा १५ वटा पूण र २० वटा आंशिक रुपमा घरहरु क्षति भएको छ । घाईते ५ जना भएको छ । वडा नं. १८ मनगढवामा १ सय ३० घर क्षति भएको छ जसमध्ये १ सय २० घर पुर्ण रुपमा क्षति भएको छ भने १० घरमा आंशिक क्षति भएको छ । १ जनाका मृत्यू भएको छ । त्यसै गरी फेटा गाउंपालिका वडा नं. १ भलुई भरवलियामा २ सय ६० घर क्षति भएको छ जसमध्ये २ सय पूर्ण रुपमा घरहरु क्षति भएको छ भने ६० घर आंशिक क्षति भएको छ । १८ जनाले ज्यान गुमाएका छन् भने वडा नं. १ मा ६ जना र वडा नं. ६ मा १२ जना गरी ६० जना घाईते भएका छन् । इटा उद्योग १ पूर्ण रुपमा क्षति भएको छ । वडा नं. ६ पुरैनियामा १ सय ३५ घर परिवार विस्तापित भएका छन् जसमध्ये ७५ पूर्ण क्षति भएको छ भने ९० घरममा आंशिक क्षति भएको छ । वडा नं. ७ गमरीया २५ घरमा क्षति पुगेको छ । २५ पूर्ण क्षति रहेको छ भने ६० घरमा आंशिक क्षति भएको छ ।

Simraungadh Holi Notice

सुवर्ण गाउंपालिका वडा नं. १ बगही र चरमोहनामा ८१ घरमा क्षति पुगेको छ जसमध्ये ६२ पूर्णक्षति र १९ आंशिक क्षति रहेको छ । वडा नं. ४ हर्दियामा १ सय ७६ घरमा क्षति पुगेको छ जसमध्ये ९४ पूर्ण र ८२ आंशिक रहेको छ । एक जनाको ज्यान गएको छ । वडा नं. ५ ओरहियामा ५७ घरमा क्षति पुगुको छ जसमध्ये ३० पुर्ण क्षति र २७ आंशिका क्षति भएको छ । वडा नं. ८ परशुरामपुरमा २ सय २० घर क्षति भएको छ जसमध्ये ९० वटा घरहरु पूर्ण क्षति भएको छ भने १ सय ३० वटा घरमा आंशिक क्षति पुगेको छ । एक जना ज्यान गुमाएको छ । प्रसौनी गाउंपालिकाको वडा नं. ४ खट्वा १ सय ७५ घरमा क्षति पुगेको छ जसमध्ये ६० पूर्ण क्षति भएको छ भने १ सय १५ मा आंशिक क्षति पुगेको छ । एक जनाको मृत्यु भएको छ । वडा नं. ६ भलुवी चौक देखि उत्तर २२ घरमा क्षति पुगेको छ । जसमध्ये १२ वटा पूर्ण क्षति र १० वटामा आंशिक क्षति भएको छ ।

महागढीमाई नगरपालिका वडा नं. ७ तेलगाई ७२ घरमा क्षति पुगेको छ भने २६ घरमा पुर्ण क्षति भएको छ भने ४६ परिवारको घरमा आंशिक क्षति भएका छ । एक जना ज्यान समेत गुमाएको छ । पचतौरा नगर पालिकाको वडा नं. २ बैरिया ११ घरमा क्षति पुगेको छ जसमध्ये ३ पुर्ण क्षति र ८ घरमा आंशिक क्षति भएको छ । परवानी पुर गाउंपालिका वडा नं. ४ चैनपुर शिवपुर, रामटोल विर्ताटोल गरी ४ सय ७५ घरमा क्षति पुगेको छ जसमध्ये २ सय ८५ घरमा पुर्ण क्षति भएको छ भने १ सय ९० मा आंशिक क्षति भएको छ । हावाहुरी प्रभावित क्षेत्रमा राहत सामग्री पुगेता पनि वितरणमा धेरै कठीनाई रहेको र राहत सामग्री आएर नगर पालिका, गाउंपालिकाहरुको वडा कार्यालयमा थनकिएको भएपनि विडिछसम्म सरकारी राहत सामग्री नपुगेको स्थानीय पिडितहरुले वताए । राहत सामग्री एउटै परिवारका ४ जना सम्म लिन्छ । सवै वेग्ला वेग्लै बसेको भन्छन । जसले गर्दा वास्तविक पिडित समक्ष राहत सामाग्री पु¥याउन नसकेको प्रशासन स्वीकार्द छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.