राजा ल्याऊ, देश बचाउ’ र ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, भन्ने नारा जुनजियो जनकपुरधाम
कुलदिप दास(प्रेम)जनकपुरधाम ।। पूर्वराजा ज्ञानेन्द्र साह राति करिब आठ बजे जनकपुरधाम आइपुगेको हुन् । जनकपुरस्थित होटल सिताशरणमा पूर्वराजा शाहका समर्थकहरुले भव्य स्वागत गरिएका छन् । पूर्वराजा शाहको स्वागतमा समर्थकहरुले ‘राजा ल्याऊ, देश बचाउ’ र ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नारा लगाएका छन् । स्वागत पश्चात उनी सिधा होटलमा बुक गरिएको कोठा पुगेका हुन् । पत्रकारले प्रतिक्रिया लिन चाहेपनि उनले केहि बोल्न मानेनन । जनकपुर आउनु भन्दा तीन घण्टा पहिलेदेखि नै शाहलाई स्वागत गर्न लाइन लागेर सयौं समर्थकहरु उनको पर्खाइमा बसेका थिए । दिउँसो ४ बजे नै आउने कार्यक्रम रहेपनि करिब चार घण्टा ढिलो आइपुगेका हुन् ।