Ultimate magazine theme for WordPress.
कोरेना भाइरस सुवर्ण गाउपालिका

कोभिड-१९ ले जन्माएका तीन शब्द क्‍वारेन्टाइन, आइसोलेसन र सोसल डिस्ट्यान्सिङ

कोभिड-१९ ले जन्माएका तीन शब्द क्‍वारेन्टाइन, आइसोलेसन र सोसल डिस्ट्यान्सिङ

cin bigyapan

बिराटनगर। कोभिड-१९ को महामारी फैलिएसँगै तीनवटा अंग्रेजी शब्द निकै प्रचलनमा आएका छन्। ती हुन्- क्‍वारेन्टाइन, आइसोलेसन र सोसल डिस्ट्यान्सिङ। उस्तै-उस्तै अर्थ दिए पनि यी शब्दले बोक्ने भाव फरक छ। क्‍वारेन्टाइन रोग लागेको वा संक्रमणको शंका भएमा अपनाइने अभ्यास हो भने आइसोलेसन संक्रमित व्यक्तिबाट अरूलाई भाइरस नसरोस् भनेर अपनाइने सावधानी।
क्‍वारेन्टाइन
– यो संक्रमण हुनभन्दा पहिला वा संक्रमणको शंका हुने अवस्थामा अपनाइने अभ्यास हो।
– खासगरी संक्रमणको जोखिम हुने स्थानबाट आएका मानिसहरूलाई १४ दिनसम्म क्‍वारेन्टाइनमा राखिन्छ।
– क्‍वारेन्टाइनमा बसेका सबै व्यक्तिमा संक्रमण छ भन्ने हुँदैन। त्यसैले १४ दिनको समयावधि तोकिएको छ किनभने कोरोनाभाइरस संक्रमणको लक्षण देखिन यति समय लाग्छ।
– क्‍वारेन्टाइन दुई प्रकारको हुन्छ- बाह्य निगरानीमा हुने र आत्म-निगरानीमा हुने। चीनको वुहानमा अध्ययनरत विद्यार्थीलाई बाह्य निगरानीको क्‍वारेन्टाइनमा राखिएको थियो। बाह्य निगरानीमा राखिँदा चिकित्सकसहितको टोलीले निगरानी गर्छ। केही स्वास्थ्य जटिलता देखापरे तुरुन्त अस्पताल लगिन्छ।
– आत्म-निगरानीमा गरिने क्‍वारेन्टाइन (सेल्फ-क्‍वारेन्टाइन) आफूले सचेतनापूर्वक अपनाउने अभ्यास हो। खासगरी जोखिमयुक्त स्थानबाट आएका व्यक्तिलाई सरकारले सेल्फ-क्‍वारेन्टाइनमा बस्न अनुरोध गरेको छ। घरमै सेल्फ-क्‍वारेन्टाइनमा बसिने हुँदा थप सतर्कता अपनाउन जरुरी हुन्छ। महामारी तथा रोग नियन्त्रण महाशाखाले सेल्फ-क्‍वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम सार्वजनिक गरेको छ।
आइसोलेसन
– आइसोलेसनको सामान्य अर्थ हो, पृथकता वा छुट्टिनु। तर, कोभिड-१९ को सन्दर्भमा यो एउटा मेडिकल शब्द पनि हो। कोरोना भाइरस पुष्टि भएको व्यक्तिबाट अरूमा संक्रमण नफैलियोस् भनेर गरिने अभ्यास हो यो।
– क्‍वारेन्टाइनमा जस्तै बेग्लै वार्डमा र निश्चित दूरीमा संक्रमित व्यक्तिलाई राखिन्छ।
– संक्रमित व्यक्ति स्वास्थ्यकर्मीहरूको सुपरिवेक्षणमा हुन्छन्।
– संक्रमित व्यक्तिलाई आवश्यकताअनुसारको औषधि र अन्य मेडिकल उपकरण उपलब्ध गराइएको हुन्छ।
– निको भएको पुष्टि नहुँदासम्म राखिने भएकाले आइसोलेसनमा बस्ने निश्चित समय हुँदैन।
सोसल डिस्ट्यान्सिङ
– शुरूमा ‘सोसल डिस्ट्यान्सिङ’ (सामाजिक दूरी बनाउने) नाम दिइएको भए पनि यो अभ्यासलाई अहिले आएर ‘पर्सनल डिस्ट्यान्सिङ’ (व्यक्तिगत दूरी बनाउने) भन्न थालिएको छ।
– यो रोग लाग्नबाट जोगाउने पूर्वअभ्यास हो।
– कोभिड-१९ महामारी फैलिनबाट जोगिन व्यक्ति-व्यक्तिबीचको सम्पर्क घटाउने अभ्यास हो यो। – यो अभ्यास हरेक व्यक्तिले सचेतनापूर्वक अपनाउने विधि हो।
– विश्व स्वास्थ्य संगठनले यो विधि अपाउन केही मापदण्ड तोकेको छ। ती हुन्ः – सकेसम्म घरबाट ननिस्किने। – अत्यावश्यक काममा निस्कँदा अर्को व्यक्तिसँग कम्तिमा एक मिटरको दूरी कायम गर्ने। – भिडभाड हुने सिनेमा, क्याफे, बार, मन्दिर, चर्च, मस्जिद, गुम्बा, विद्यालय, क्याम्पस बन्द गर्ने। – अहिले भइरहेको ‘लकडाउन’ यही अभ्यासको उच्च रूप हो

Bigyapan  Image Cinnepal
यो पनि हेर्नुहोस
Bigyapan  Image Cinnepal

Leave A Reply

Your email address will not be published.