pokhariya Holi Notice

कलैया, बारा।

जिल्ला प्रशासन कार्यालय, बारा मार्फत सम्माननीय प्रधानमन्त्री लाई नेपाल कम्युनिस्ट पार्टी बारा कमिटीले     ज्ञापन पत्र बुझाएका छन। विश्वभरिका मानवसमाज कोरोना भाइरस (COvid 19) को महामारीको चपेटामा परेका छन् ।  कोरोना भाइरसको औषधी बन्न नसकेको अवस्थामा कोरोना भाइरसबाट बाँच्न रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले लकड़ाउनको निर्देशन गरेको छ ।

जनता आफ्नो पेशा व्यवसाय बन्द गरि कोरोना भाइरस विरुद्ध घरमा बसी सहयोग गरि रहेको छ । कोरोना भाइरस रोगबाट विश्वभरिमा २ लाख भन्दा वढी मानिसको ज्यान गएको छ भने, लगभग 3१ लाख जति संक्रमित भएको भएका छन् । यस विषम परिस्थितिमा ज्यान गुमाउनु हुने सबै प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र संक्रमित भई उपचार गराई रहनु भएकाहरुमा बारा कमिटीले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

साथै यही वैशाख ५ गते यस बारा जिल्लामा आएको हावाहरी असिना पानीले कृषिजन्य केरा, मकै, तरकारी, गंहुवाली केही कच्ची घरहरु समेतमा क्षति पुगेको अवगत गराउदै, उचित क्षतिपूर्ति दिनको लागि पनि अनुरोध गरेका छन् । बारा कमिटीका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठले नेपाल सरकार संग विभिन्न माँगहरु समेत प्रस्तुत गरेका छन् ।

मांगहरु

१) कोरोना भाइरस (कोभिड १९) रोग नियन्त्रण रोकथामको लागि चाहिने स्वास्थ्य सुरक्षा सामाग्री PPE, PCR / RDT प्रविधि, चिकित्सक र स्वास्थ्यकर्मीहरुको व्यवस्था गरियोस ।

२) जिल्ला र पालिका तहमा राजनीतिक दल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीय सरकार सहितको समन्वय र व्यवस्थापन अति आवश्यक भएको हुदा सयन्त्र निर्माण गरियोस ।

३) लकडाउनबाट प्रभावित मजदूर, किसान, विपन्नवर्ग र असहाय समुदायसम्म पुग्नेगरी प्रभावकारी राहत प्याकेजको शिघ्र व्यवस्था गरियोस ।

४) कोमिड १९ रोगको उपचार केन्द्र मुख्यत प्रदेश स्थरमा जनकपुर र वीरगञ्जमा दक्ष जनशक्ति सहित उच्च प्रविधि समेतको कोरोना विशेष अस्पताल र कलैया अस्पताललाई विशेष जनशक्ति र प्रविधि सहितको कोरोना अस्पतालको रुपमा स्थापित गरी सिमरामा सञ्चालित कोरोना अस्पताललाई पनि विशेष जनशक्ति र प्रविधि उपलब्ध गराई व्यवस्थापन गरियोस ।

५) कोरोना भाइरस कोभिड १९ रोग फैलन नदिन सिमा क्षेत्रमा अहोरात्र खटिएका सशस्त्र प्रहरी वल सुरक्षाकर्मीहरुको लागि न्युनतम स्वास्थ्य सुरक्षा सामाग्री पिपिई, सेनिटाईजर, पञ्जा, माक्स, फपिउने पानी समेतको यथाशीघ्र व्यवस्था गरियोस ।

Simraungadh Holi Notice

६) सिमा क्षेत्रमा रहेका राजनीतिक दल, स्थानीय पालिका तह जनप्रतिनिधिहरु, सुरक्षाकर्मी, स्वास्थ्यकमी सहितको अनुगमन सयन्त्र निर्माण गरियोस ।

७) लकडाउनको अवसर छोपी काठ तस्करी, खुल्ला सिमा क्षेत्रबाट हुने तस्करी र कालाबजारीको कडाइका साथ नियन्त्रण गरियोस ।

८) उद्योग र निर्माण क्षेत्रको काम सुचारु गर्न आवश्यक देखिन्छ र स्वास्थ्य सूरक्षाको उचित व्यवस्था गरि भौतिक दुरी कायम गर्दै सञ्चालन गर्ने अवस्था भएमा सो को व्यवस्था गरियोस ।

९) देशमा खाद्यान्न संकट उत्पन्न हुन सक्ने देखिएकोले राज्यको ध्यान सबैखाले कृषि उत्पादनमा विशेष जोड दिनु पर्छ । यसको लागि किसानहरुलाई उन्नत बीउ विजन मलखाद, सिचाइ सुविधा र विधुत सहुलियतको व्यवस्था गरियोस ।

१०) यस जिल्लामा यही बैशाख ५ गते सांझ आएको हावाहरी तथा असिना पानीले केरा, मकै, तरकारी, गंहबाली र कच्ची धरहरुमा ठलो मात्रामा क्षति पुर्याएको हुनाले क्षतिपूर्ति दिईयोस ।

११) कृषि उत्पादनमा आत्मनिर्भर हुनका लागि कृषि शित भण्डार, कोल्ड स्टोर, कृषि बजारीकरण गर्न राज्यबाट विशेष अनुदानको व्यवस्था गरियोस।

१२) लकडाउन अवधि भरिको कृषि ऋण तथा व्यवसाय ऋणमा लाग्ने व्याज मिनाहा गरियोस् ।

१३) कोभिड १९ रोगको महामारीको कारणले देशमा पर्यटन क्षेत्र लगायतमा वेरोजगारी संख्या बृद्धि हुने
निश्चित छ । सो को समाधानका लागि तीनै तहको सरकारद्वारा विशेष योजना सहितको रोजगारीको
व्यवस्था गरियोस ।

१४) शैक्षिक क्षेत्रलाई नियमित सुचारु गराउन आवश्यक छ । यसको राज्यले उच्च प्रविधि युक्त जनशक्ति उत्पादन, उच्च प्रविधि प्रवर्दधन गरि अध्ययन अध्यापन गर्न दुर्गम क्षेत्र र शहर केन्द्रित कार्यक्रम सञ्चालन गरियोस ।

प्रसौनी गापा सामाजिक संदेश ०७८