bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

नेपालपाना डटकम बिरुद्ध चरित्र हत्या गरेको भन्दै देवकोटा द्वारा प्रेसकाउन्सिलमा उजुरी

pokhariya Holi Notice

बीरगंज, पर्सा । 

काठमाण्डौबाट अपडेट हुदै आएको अनलाईन पत्रिका नेपालपाना डटकम बिरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ ।

सामाुदायिक रेडियो प्रशारक संघका महासचिव एवं बीरगंज महानगरपालिकाका अवैतनीक प्रेस सल्लाहकार गोविन्द देवकोटाले उक्त अनलाईन बिरुद्ध शुक्रवार प्रेस काउन्सिल नेपालमा उजुरी गर्नु भएको हो ।

उक्त अनलाईन पत्रिकाले बैशाख २ गते कोरोनाको कहरबीच मेयर सरावगी र रहबर अन्सारीको मिलोमतोमा पैसाको लागि ठुलो चलखेल, देवकोटा बने बिचैलिया  भन्ने  शिर्षक दिएर समाचार प्रकाशीत गरेको थियो ।

सधै न्यायपुर्ण र समतामुलक समाजकालागि क्रियाशिल , कुनै किसिमको अनियमितता, भष्ट्राचार, ढिलासुस्ती, असमानता विभेदबिरुद्ध उभिने, समाज  र राष्ट्र प्रति इमान्दार र पारदर्शी  भाई काम गर्ने मेरा बिरुद्ध हुदै नभएको कपोल कल्पीत मनगढन्ते कुरा लेखेर मानमर्दन गरेको र ब्यवसायीक पत्रकारिताको मर्म र आंचार सहिताको खिल्ली उडाउने काम भएकोले देवकोटाले कारवाहीको माँग गर्नु भएको हो ।

धर्मराज मिडिया ग्रुप प्रा लि द्धारा संचालित प्रकाशक विवेक कुमार र सम्पादक मन्जु बुढाथोकी भएको सुचना विभागमा दर्ता नं १७६४र०७६−०७७ मा दर्ता भइ तिनकुने−३२ काठमाडौमा केन्द्रिय कार्यालय र सम्पर्क नं ९८५११००१४८ राखिएको नेपाल पाना  नामक अनलाइन पत्रिकाले आफनो व्यक्तीगत मान मर्यादा र प्रतिष्ठामा आँच आउने गरी पत्रकार आचरसंहिताको पुर्ण रुपमा उल्लंघन गरी कपोलकल्पित झुठा तथ्यहिन समाचार प्रकाशन प्रसारण गरेको र खण्डन प्रकाशन प्रशारण गर्न समेत अटेर गरेकोले देवकोटाले कारवाहकीको माँग गर्नु भएको हा ।

झुठा, तथ्यहिन,भ्रामक समाचार प्रकाशन प्रशारण गर्ने अनलाइन पत्रिका र सो सँग सम्बद्ध सम्पादक प्रकाशक समेतलाइ प्रेश काउन्सिल ऐन २०४८ को दफा १२ तथा पत्रकार आचरसंहिता उजुरी र कारवाही सम्बन्धी कार्यविधि २०७५ को दफा ५ र ७ बमोजिम कारवाहीको माँग गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer