bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

मुस्लिम आयोग नेपाल द्वारा बारा जिल्लाको विभिन्न मद्र्सा र मस्जिदहरुमा अनुगमन

pokhariya Holi Notice

सबिर आलम, बारा ।

मुस्लिम आयोग नेपाल द्वारा मनोनीत गरेको जिल्ला स्तरीय समितिले बारा जिल्लाको विभिन्न मद्र्सा र मस्जिदहरुमा अनुगमन गरिएको छ। यश समितिले मुस्लिम समुदायलाई लकडाउनको नियम पालना गर्न गराउनको लागि अनुगमन गरिएको हो।

रमजानको समयमा आ-आफ्नो घरमा बसी ईफ्तारि गर्ने, नमाज र तराबी आ-आफ्नो घरमा पढ्ने भनी सल्लाह सुझाव दिइएको मुस्लिम आयोग समिति बाराका सदस्य डा. कमरुल्लाह अन्सारीले जानकारी गराए।

बाराको पचरौता नगरपालिकाको लङ्गडा चौक, आदर्श कोतवाल गाउँपालिकाको कोतवाली, सिम्रौनगढ नगरपालिकाको किशुनपुर, सिम्रौनगढ नगरपालिकाको पर्सा, सिम्रौनगढ लगायतको मस्जिद तथा मद्र्साहरुमा अनुगमन गरिएको छ।

अनुगमनको क्रममा मस्जिद र मद्र्साहरुमा मात्र धर्म गुरु रहेको डा.कमरुल्लाह अन्सारीले बताए। अनुगमनमा मुस्लिम आयोग नेपाल द्वारा मनोनित जिल्ला स्तरीय समितिका संयोजक राजमहम्मद राय, सदस्यहरु कलामोदिन अंसारी (मदनी), डा.कमरुल्लाह अंसारी, मुफिद सिद्दकी, जिबुल्लाह अंसारी लगायतका प्रतिनिधिहरु रहेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer