bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

विशाल गोल्पकप स्थगित

pokhariya Holi Notice

वीरगन्ज,२५ फागुन /
कोरोना भाइरस (कोभिड १९) को त्रासको कारण विशाल गोल्डकप स्थगित भएको छ । वीरगन्जमा आईतबार पत्रकार सम्मेलनको आयोजन गरेर चैत्र १ गतेदेखि सुरु हुन लागेका विशाल गोल्डकपको तेश्रो संस्करण अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्नु परेको आयोजकले जनाएको हो ।
सरकारको निर्देशनअनुसार अखिल नेपाल फुटवल संघ (एन्फा)ले काठमाडौंसहित मोफसलका सबै प्रतियोगिता तत्कालका लागि स्थगित गर्न भनेपछि विशाल मेमोरियल फाउन्डेशनले प्रतियोगीता स्थगित गरेको हो ।
एन्फाको माताहतमा रहेका सबै प्रतियोगितालाई स्थगित गर्न भनिएपछि विशाल गोल्पकप स्थगित गरीएको विशाल मेमोरियल फाउन्डेशनका अध्यक्ष अनिल कलवारले जानकारी दिए । उनले अहिलेको स्थितीमा कुनै प्रतियोगीता गर्ने नपाईने भनेपछि हामीले पनि गोल्डकपको कार्यक्रम स्थगित गरेको बताए ।’
उनका अनुसार प्रतियोगिता स्थगित भएपनि मैदान तयार पार्नेदेखि लिएर अन्य काम जारी रहने बताए । प्रतियोगिताको तयारीका लागि गठित मुल कमिटी र अन्य उपसमितिले काम गरिरहने अध्यक्ष कलवारको भनाइ छ । यसअघिको पहिलो र दोश्रो संस्करणको उपाधि नेपाली सेनाको त्रिभूवन आर्मीले उचालेको थियो । पत्रकार सम्मेलनमा फाउन्डेशनका उपाध्यक्ष पंकज श्रेष्ठ ,महम्द निजामुदिन , जिल्ला खेलकुद बिकाश समितका पुर्व अध्यक्ष निशान्त लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer