bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

अध्यात्मवादले नै सहि समाजको निर्माण गर्छ : सांसद प्रदिप यादव

pokhariya Holi Notice

फागुन ९ वीरगंज ।

सुतेको हामी हो, ईश्वर होईन त्यसैले स्वयम आत्माभित्र नै ज्ञानको दियो बाली ह्रदयदेखी पूजा पाठ, अराधना गर्नुको साथै समाजमा रहेका केही समाजिक र धार्मिक विकृति हटाउन आवश्यक रहेको सांसद प्रदिप यादवले बताएका हुन । वीरगंजको सुरुजीदेवी माध्यमिक विद्यालयमा आयोजित ८४ औं शिवरात्री जयन्तीः अनुसरण शिवरात्री स्वर्णिम महोत्सव पर्वको अवसरमाा आयोजित कार्यक्रममा बोल्दै उनले आत्माजति शक्ति दुनियामा कुनै शक्ति नभएकोले ओम शान्तिको माध्यमबाट शक्ति लिनु पर्ने बताए ।

‘‘भगवान भोजन र भाकलको प्यासी नभएर भावनाको प्यासी भएकाले शुद्ध मन, सच्चा ह्दयदेखी निःस्वार्थ रुपमा फलको ईच्छाबिनै भगवानको पूजामा लाग्नु पर्छ र समाजमा सदियो देखि कायम रहेको समाजिक विकृति, विसंगति हटाई अध्यात्मवादले नै सहि समाजको निर्माण गर्छ । उनले भने’’ कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सांसद यादवले धर्मको नाममा पैसा माग्ने जस्ता अनेकौ समाजिक बिकृति फैलाउने कार्य समाजकै केही अगुवाहरुले गरिरहेको बताउँदै त्यसबाट आमजनता सचेत र सजग रहन आग्रह गरे ।

समाजमा पहिलादेखी नै विद्यमान रहेका समाजिक विकृति, विसंगतिलााई ओम शान्तिको माध्यमबाट गाउँगाउँ घरघरमा शन्ति फैलाउन लाग्नु पर्छ । मनुुषयभित्र रहेको अपराध मिटाउन ओम शान्तिले धेरै नै मदत गर्न सक्ने हुनाले गाउँगाउँसम्म ओम शान्तिको अभियान चलाई अपराध मुक्त समाज, सुखी एंव समृद्ध समाज निर्माणमा टेवा पु¥याउन ब्रहमकुमारी सहज योग (ओम शान्ति) वीरगंजकी संचालक रबिना दिदीलाई सांसद यादवले आग्रह पनि गरे ।

सांसद यादवले भने, ‘‘ अहिले पनि हाम्रो समाजमा कतिपयले भगवानप्रतिको श्रद्धा भावा र ईष्ठालाई गलत फाईदा उठाउँदै कर्म गर्नुभन्दा पनि डाईरेक्ट माग्ने जस्ता प्रबृतिले त झनै धार्मिक विकृति फैलाएको छ । ईश्वर कहाँ फलफूल, पैसा, लडु चढाई केही माग्नु भन्दापनि शुद्ध आत्माले मात्रै पूजापाठ, भक्ति गर्न परमात्माको विश्वास हुने बताए ।’’ त्यसतै ब्रहमकुमारी सहजयोगका बरिष्ठ उपाध्यक्ष प्रशिक्षक राजु घलीले देवी देवताको नामले बली दिनु पाप रहेको बताए ।

उनले भने, ‘‘काम नबनुनजेलसम्म वास्तै नहुने र काम बनेपछि विभिन्न चढावा चढाईने रवैया हामी कहाँ भएकोले त्यसतो अन्धविश्वासमा नपरी निःस्वार्र्थ रुपमा कर्म गर्नु पर्ने पर्छ ।’’ उनले धर्मको नाममा पाप गर्नु हुँदैन, हरेकले गरेको कर्म आफै फर्केर आउने भएकाले सत्यको बाटोमा लाग्न आग्रह गरे । त्यस्तै ब्रहमकुमारी सहजयोग वीरगंजकी संचालिका रबीना दिदीले एक दिन शिवरात्री पूजा मनाएर शिव पूजा सफल नुहने भन्दै सधै ह्रदयदेखी शुद्ध र सफा मनले भगवानको शक्तिमा लाग्नु पर्ने बताईन ।

शिवरात्रि पूजाको दिन आफूसंग भएको दुःख, पिडा र आँसुलाई परमात्मा पितालाई दिने र परमात्माबाट खुसी, शन्ति, समृद्धी र आन्नद लिनु पर्ने दिन आज भएको बताईन । कार्यक्रममा धार्मिक आस्थासंग जोडिएको विभिन्न संस्कृतिक गीत, संगीत गानबजानसहित मनोरञ्जनात्मक कार्यक्रम गर्दै शिवरात्री पर्व मनाएको हो । ब्रहमकुमारी सहजयोग वीरगंजकी संचालिका रबिना दिदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद भीमा यादव, नेपााली कांग्रेसका जिल्ला सभापति अजय दुवेदी, समाजवादी पार्टीका जिल्ला उपध्यक्ष मुस्तकीम अंसारी, श्याम पोखरेल, समुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, प्रभु अस्पतालकी संचालिका डा. लक्ष्मी थापा, डा. अशोक दास लगायत सयक्डौंको उपस्थिति रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer