गण्डक हुने भयो कोभिड अस्पताल, नारायणीको जनरल सेवा सुचारु हुने
बीरगन्ज – नेपाल सरकारले गण्डक अस्पताललाई कोभिड अस्पताल तोकेको छ । यसअघि नारायणी अस्पताललाई कोभिड अस्पताल बनाउन गरिएको निर्णय खारेज गर्दै नेपाल सरकारले गण्डक अस्पताललाई कोभिड अस्पताल तोकेको हो ।
नारायणी कोभिड अस्पतालको रुपमा परिणत हुँदा त्यहाँको जनरल स्वास्थ्य सेवा ठप्प भएको थियो । नारायणीलाई कोरोना अस्पताल तोकेर नेशनललाई नारायाणीले दिने स्वास्थ्य सेवा प्रदान गर्न भनिएको थियो । तर सरकारी दररेटमा सेवा नपाएर तथा विभिन्न स्वास्थ्यबाट जनता बन्चित भएको भन्दै नारायणी अस्पतालमा पूर्ववत रुपमा स्वास्थय सेवा सुचारु गर्न माग उठ्दै आएको थियो ।