bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

ठुलो परिमाणको ब्राउन सुगर सहित पथरी शनिश्चरेका २ व्याक्ति पथरी प्रहरीको नियन्त्रणमा

ठुलो परिमाणको ब्राउन सुगर सहित पथरी शनिश्चरेका २ व्याक्ति पथरी प्रहरीको नियन्त्रणमा

pokhariya Holi Notice

फागुन १८, पथरी ।
मोरङको इलाका प्रहरी कार्यालय पथरीले गए राति ठूलो परिमाणमा लागुपदार्थ ब्राउन सुगर बरामद गरेको छ ।
इलाका प्रहरी प्रमुख नायव उपरिक्षक दिलिप कुमार गिरीको टोलीले पथरी शनिश्चरे वडा नम्वर ४ नयाँ सोमवारे बाट ७ ग्राम ८९ मिलिग्राम ब्राउन सुगर, त्यसलाई तौलन प्रयोग गरिने डिजिटल मेसिन सहित २ व्याक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही वडा बस्ने वर्ष २६ का सनम मगर र वर्ष १८ का रेश्मे मगर रहेको प्रहरी उपरिक्षक गिरीले जानकारी दिए ।
गोप्य सुचनाका आधारमा प्रहरी आफै खरिदकर्ता भएर गएपछि शनिवार रातको १२ बजे सनम मगरको घर बाट उनिहरुलाई पक्राउ गरिएको गिरीले बताए ।
मगरको घरमा बेचविखन गर्नका लागि ब्राउन सुगरलाई सानो–सानो पोका बनाई रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दुबैलाई लागुऔषध ओसार पसार तथा कारोवारी अन्र्तगत मुद्धा दर्ता गरी आवश्यक कानुनी कार्वाहीका लागि म्याद थप गरी आइतवार जिल्ला अदालत मोरङ पठाएकोे छ ।
लागुऔषध ओसार पसार तथा कारोवारीमा दुवैलाई कम्तीमा ५ देखी १० वर्ष सम्म कैद सजाए हुने गिरीको भनाई रहेको छ ।
यस्तै पछिल्लो समय गिरीले कार्यभार सम्हालेसंगै फरार अभियुक्तहरुलाई नियन्त्रणमा लिन थालेका छन ।
पुष १६ पछि मात्रै ३३ जना अभियुक्तलाई पथरी प्रहरीले नियन्त्रणमा लिईसकेको छ । अदालतको फैसला भए पनि सजाय नभएका उनीहरुलाई पथरी प्रहरीले नियन्त्रणमा लिएको हो ।
गिरी इलाका प्रहरी प्रमुख भएर पथरी आए संगै ‘एक्सन’मा उत्रिएर काम गरिरहेका छन् ।
पथरीमा पछिल्लो समय लागुपदार्थ कारोवारमा संम्लग्न, हातहतियार वेचविखनमा संम्लग्न, साइबर क्राइम, लगायतका घटनामा अदालतले दोषी ठहरिएकालाई पथरी प्रहरीले धमाधम पक्राउ गरिरहेकोे छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer