bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

दुहबीमा उदघोषण तथा पत्रकारिता तालिम समपन्न

दुहबीमा उदघोषण तथा पत्रकारिता तालिम समपन्न

pokhariya Holi Notice

दुहबी÷
सुनसरीको दुहबी ७ भलुवा स्थित रामगन्ज शाखाको सभाहलमा फागुन १० गते शनिवार देखि सुरु भएको ४ दिने उदघोषण तथा पत्रकारिता तालिम वुधवार समपन्न भएको छ ।
समापन कार्यक्रममा प्रमुख अतिथि रहँनु भएकी दुहबी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल साहले शुभकामना मन्तव्य दिनु हुँदै महिला ससक्तिकरणकालागि संस्थाले गरेको प्रयास निकैनै उपलब्धीमूलक भएको बिश्वास ब्यक्त गर्नुहुँदै बजेट बिनाको निशुल्क तालिम आयोजना गर्ने संस्था र सहयोगिहरुको खुलेर तारिफ गर्नुभयो । उपप्रमुख साहले अहिलेपनि नेपाल पुरुष प्रधान देश भएको जिकिर गर्नुहुँदै महिलाले भोग्नु परेको विभेदको बिषयमा र्चचा गर्नुभयो । समापन कार्यक्रमका बिशिष्ट अतिथि दुहबी ७ का वडाध्यक्ष बिजयकुमार
चौधरीले शुभकामना दिनुहुँदै स्वतन्त्र र निश्पक्ष भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुहुँदै तालिम लिएर व्यवहारमा उर्तानुपर्ने बताउँनुभयो । दुहबी ७ स्थित भलुवामा रहेको सेवा महिला कृषक समुहको आयोजना तथा कोचिला खबर दैनिकको सहयोगमा भएको ४ दिने उदघोषण तथा पत्रकारिता तालिममा ३० जना महिला प्रशिक्षार्थीहरुलाइ उपप्रमुख साह,वडाध्यक्ष चौधरी र दुहबी ७ का वडा सदस्य बबिता थन्दारले प्रमाणपत्र बितरण गर्नुभयो । आयोजक संस्थाकी अध्यक्ष चन्द्रकला विश्वासले सिक्ने क्रममा महिलाहरु धेरै उत्साहित भएको बताउनुभयो । विश्वासले स्थानीय महिलाहरुलाई तालिम दिएर ससक्त बनाउने योजना रहेकोले सहभागि प्रशिक्षार्थी महिलाहरुबाट तालिम भएको पहिलो दिन खुलेर बोल्न नसकेको भएपनि तालिमको अन्तिम दिन देखि खुलेर बोल्न र बादबिवाद गर्न सक्ने भएको र पत्रकारिताको रिपोटिङ गर्न सक्ने भएकोमा आफु निकैनै हर्षित भएको जनाउनुभयो । तालिमको प्रशिक्षकमा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य प्रेम गिरी र स्वतन्त्र पत्रकार संघ सुनसरीका उपाध्यक्ष अकबर अलि रहेका थिए । कार्यक्रममा पत्रकार अलीले मन्तव्य दिदैं पूर्ण प्रेश स्वतन्त्रताको अधिकार उपभोग गर्न पाउँनुपर्नेमा जोड दिए । कार्यक्रममा कोचिला खबरका कार्यकारी सम्पादक समेत रहेका प्रेम गिरीले मन्तव्य दिदैं यस भेगका यूवा तथा महिलाहरुको क्षमता विकास गर्ने उदेश्यले तालिममा सहयोग गरेको जनाए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer