उषा सरदार,बिराटनगर
रोजगारीका लागि भारतको काश्मिर लगिदिने भन्दै शंकास्पद गतिविधि गरेका तीन जनालाई इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ गरिएका ब्यक्तिहरुले भारत लैजान लागेका २ महिलासहित १० जनाको उद्धार गरिएको छ ।
मोरङको उर्लाबारी ४ का २ महिला र ८ जना पुरुषलाई स्थानीय पुडका उराव, उनकी श्रीमती फूलकुमारी र अफिज अन्सारीले भारत लैजान लागेका थिए । उद्वार गरिएका ब्यक्तिहरुलाइ उनिहरुको गतिबधी शंकास्पद लागेपछी आफन्त मार्फत इलाका प्रहरी कार्यालय उर्लावारीमा सूचना प्राप्त भएको थियो ।
सोही सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीले जिल्ला प्रहरी कार्यालय मोरङको निर्देशन, समन्वय र सहकार्यमा निज आरोपित ब्यक्तिहरुलाइ पक्राउ गरिएको हो ।