लकडाउनको बेला अाफ्नो घरमै बस्न डिएसपी श्रेष्ठले आग्रह गर्दै सडकमा।
लकडाउनको बेला अाफ्नो घरमै बस्न डिएसपी श्रेष्ठले आग्रह गर्दै सडकमा।
लकडाउनको बेला अाफ्नो घरमै बस्न डिएसपी श्रेष्ठले आग्रह गर्दै सडकमा।
अमित ठाकुर।रौतहट।बैशाख ११। बिश्वब्यापीमा फैलिएका कोरोना भाईरस ( कोभिड १९) बाट बाच्न सरकारले लगाएको लकडाउन सबैलाई पालन गर्न प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले आग्रह गर्दै सडकमा उत्रेका छन्। प्रहरी नायव उपरीक्षक श्रेष्ठ अाफ्नो कमाण्ड लिई रौतहट अाए पछि लकडाउन पालन गरौं, पालन नगरेको ब्यक्तिलाई चेतावनी सहित केही बेर नियन्त्रणमा लिई सम्झाई बुझाई छोडेका छन्।
केही ब्यक्तिले लकडाउन नमाने पछि प्रहरी नायव उपरीक्षक श्रेष्ठ , प्रहरी निरीक्षक नवीन सिंह र प्रहरी नायव निरीक्षक लतिफ अंसारी सहितको टोली सडकमा निस्की लकडाउन अझ कडा बनाउने तर्फ लागि परेका छन्।यस्तो महामारीमा सहयोग गर्न स्वरुप प्रहरी युनिट नै अा-अाफ्नो तलब कट्टा कोभिड १९ बाट बचाउन दिन रात लागि परेका छन तर केही ब्यक्तिले लकडाउन बुझ्दा बुझ्दै पनि अबुझ जस्तो गर्दै अाएकोमा प्रहरी युनिट कै मन दुख्ने गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जनाए ।
यस्तो महामारीमा हामीले घर जाना नस्दा पनि तपाईहरुलाई सुरक्षित राख्न अोहो रात खट्न पर्दा पनि तपाईहरुले लकडाउनको पालन नगर्दा प्रहरी युनिट कै मन दुख्ने भको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जनाएको हो। यो भाईरस अरु भाईरस जस्तो नभएको भन्दै यस बाट बाच्न लकडाउनको पालना गरि अनिवार्य रुपमा माक्स सेनिटाईजर प्रयोग गर्ने र सके सम्म समाजिक दुरी बनाई बस्ने प्रहरी नायव उपरीक्षक श्रेष्ठले स्थानीयहरुमा अपिल गरे। अब देखि बाटोमा घुमेको कुनै ब्यक्ति फेला परेमा गाउँ टोलभरी परिक्रमा गराउनको साथ साथै कानुनी कार्वाही गर्ने प्रहरी नायव उपरीक्षक श्रेष्ठले स्थानीयहरुलाई चेतावनी दिए।