bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनमा दिने पर्ने : पुर्व मंत्री मन्सुर

pokhariya Holi Notice

सिकेन्द्र पासवान, कलैया, बारा। 

नेपाली काँगेसका केन्दिय सदस्य एवम पुर्व मंत्री मन्सुरले बर्तमान सरकार अपसफल भएको आरोप लगाउनु भएको छ । नेपाली काँगेस जिल्ला कार्यसमितिले आयोजना गरेको सरकारको अधिनायकवाद बिरोध र्याली तथा बिरोधसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी पुर्व मन्त्रि मन्सुरले नेपाली जनताको भवना बिपरित कार्यहरु गर्दै देशमा भष्टचार, बेथिती बढाएको, जनतालाई निकै पिडा खेप्नु परेको बताउनु भयो। विधीको शासन कायम गर्न नसक्न७३घढस, हत्या, हिन्सा, बलात्कार जस्ता गलत काम गर्नेहरु लाई कार्यवाही नगर्नाले पनि यो सरकार तानाशायी ब्यवस्था लाध्न खाजेको सिद्ध भएको कुरा मन्सुरले भन्नु भयो।

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नतिर अग्रसर नभई सरकार टिकाउनका लागि तलिन रहेको र आफनै पार्टीपनि एक जुट गर्न नसकेको र आफ्नो पार्टीको झैँ झगडामा मात्र समय व्यतित गर्दै देशका जनताको बेवास्ता गर्दै सर्वसाधारणको भावना संग खेलवाड गरिरहेकोले यो सरकार पूर्ण रुपमा असफल भईसकेको भन्दै नैतिकताको अधारमा बर्तमान प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनमा दिनै पर्ने धारण व्यक्त गर्नु भयो।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्रि उमाकान्त चौधरीले तराई मधेसका जनताको हित नेपाली काँग्रेस पार्टीले मात्र गर्ने बताउनु भयो । मधेसवादी पार्टीहरुले मधेसीहरु लाई बेची सता र शक्तिका लागि मधेसका जनताहरु लाई ठगी रहेको आरोप लगाउनु भयो । झुठको खेती गरि मधेसी जनतालाई भ्रममा राखेकोले अव मधेसी नेताहरु लाई मधेसका जनताले नै ठेगान लगाउने पुर्व मन्त्रि चौधरीको तर्क रहेको छ । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य राधेचन्द्र यादवले प्रेस, अदालत, संवैधानिक निकाय, प्रहरी, प्रशासनहरु लाई नियन्त्रणमा लिएर देशमा एकतन्त्री शासन व्यवस्था लाध्न दाउमा सरकार लागेको बताउनु भयो । जनताको रगत र पसिनाबाट आएको संघिय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्नेहरु लाई अव नेपाली जनताले नछोडने भन्नु भयो।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाराका कार्यवाहक सभापति सुरेन्द्र प्रसाद कलवारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा केन्द्रिय सदस्य वृजलाल यादव, पुर्व मन्त्रि कलावती पासवान, संविधानसभा सदस्य, लालबाबु सिह, पार्टीका सचिव मनोज भट, हरेन्द्र यादव, कोषाअध्यक्ष चन्द्रशेखर यादव, क्षेत्रिय सभापतिहरु, सिम्रौन गढ नगर प्रमुख बिजयशंकर यादव, निगगढ नगरपालिकाका नगरसभापति, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव, लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थिय। नेपाली काँग्रेसको पार्टी कार्यालयबाट निकालिएको बिरोध र्याली नगरको बिभिन्न भागमा प्रर्दशन सहित परिक्रमा गरि भरतचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer