bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

चुरे संरक्षणमा चुनौती र सम्भावना बारे बर्दीबासमा बहस : पत्रकारिता जगत जोखिममा

pokhariya Holi Notice

बर्दीबास, महोत्तरी।

चुरे संरक्षणमा चुनौती र सम्भावना बारे बर्दीबासमा बहस कार्यक्रममा लामो बहस तथा विचार विमर्श गरिएको तियो। विचार विमर्शमा तराई क्षेत्रमा बसोबास गर्ने मानव जीवन रक्षार्थ कार्यक्रम गरिएको थियोे। चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाज जनकपुरधामका अध्यक्ष डा. अनिल कुमार कर्णको अध्यक्षता तथा प्रदेशसभा सदस्य शारदा थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार समाजका उपाध्यक्ष अभरेन्द्र कुमार यादवले सम्पुर्ण अतिथी र सहभागिहरु लाई स्वागत गरेका थिए। कार्यक्रममा वक्ताहरु मध्ये अधिकांसले पत्रकारिता जगत जोखिममा रहेको बताएका थिए भने कती जनाले पत्रकार लाई नै स्वक्ष र निश्पक्ष समाचार संप्रेसन गर्न सुझाएका थिए।

चुनौतीहरु केके ?

चुनौती भनेको मुख्यत: दुई प्रकारका रहेका छन्। जुन सबै वक्ताहरुले सांकेतिक रुपमा भने तर प्रस्टरुपमा कसै भने आट गर्न नसकेका छन्।
१) कर्मचारी लाई राजनीतिक दवाब
२) पत्रकार लाई समाचार किन लेखिस राजनीतिक तथा        अपराधिक दबाव

चुनौती के कारणले ?

चुनौती के कारणले खेप्नुपरेको बारेमा विश्लेषकहरुले सिधारुपमा प्रष्ट गर्ने गर्छन्। देश नै राजनीतिक कर्मीको चंगुलमा फसेको छ। देशको तीन वटा मुख्य अंगहरु मध्ये कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अन्तरगत पर्ने निकायहरुका प्रमुख लाई राजनीतिक न्युक्ती गर्ने विधान रहेको छ। जस्तै प्रधानमन्त्री, राष्ट्रपति, प्रहरी प्रमुख, सेना प्रमुख, न्यायाधीश, अख्तियर प्रमुख, राजदुत लगायत सबैको न्युक्ति राजनीतिक न्युक्ती नै गर्ने विधान रहेको छ। जसको फलस्वरूप राजनीतिक पावरको भरमा हरेक निकायका कर्मचारी माथी साशकहरुले शासन गर्ने गरेका छन्। अर्को निकाय प्रेस जगत चौथो अंगको रुपमा संविधानमा उल्लेखित नभएर मानिने गरेको छ, र बुद्धिजीवीको रुपमा मानिने भएको तापनी बौद्धिकताको कुनै अर्थ नराखी बुद्धिजीवी पत्रकार समाज पनि राजनीतिको चंगुलमा फसी सुभेक्षुक संस्थाको नाममा भात्रीसंगठनको काम गर्ने गरेको कारणले स्वतन्त्र पत्रकारहरुको ज्यान जोखिममा पर्ने गरेका छन्। केही पत्रकार त नेताहरूको पुच्छर नै समातेको कारण पत्रकारिता जगतकै स्मित्ता धरापमा परेको स्वतन्त्र विश्लेषकहरुले बताउने गर्छन्।

कार्यक्रममा चुरेविज्ञ डा. विजय कुमार सिंह, मधेश प्रदेश वन मन्त्रालयका राजिव झा, पत्रकार अजित तिवारी लगायतले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी जिल्ला वन कार्यालय धनुषाका डिएफओ बेचन चौधरी, सिरहाका सुजित झा, भु संरक्षण अधिकृत बेचन कुमार महतो, फेकोफन मधेश प्रदेशका अध्यक्ष सोमप्रसाद शर्मा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह लगायतले सहभागिता जनाउँदै विचार राख्नुभयो ।

कार्यक्रम आयोजक चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजका अध्यक्ष कर्णले चुरे संरक्षणमा संचालन गरिएको चुरे चौबटिया सम्वाद तथा पद यात्राको विषयमा जानकारी गराउनुभयो। समाजले चुरे बचाऔं, तराई मधेशको अन्न र पानी जोगाऔ नाराका साथ पहिलो चरणमा पुर्वको कोशी देखि महोत्तरीको बर्दिवाससम्म पैदल यात्रा तथा समुदायसँग चौबटिया सम्वाद गरेको जनाएको छ । बर्दिवास नगरपालिका अन्तर्गत रहेको चुरेक्षेत्रमा कालापानी तथा राजाबासमा क्षेत्रमा गरिएको कार्यहरु अप स्ट्रिम र डाउन स्ट्रिमको स्थलगत अवलोकन तथा भ्रमण सरोकार वालाहरुलाई जानकारी गराउँदै वन तथा वातावरण मन्त्रालय मधेस प्रदेश अधिकृत बेचन कुमार महतोले चुरे सम्बन्धि विभिन्न जानकारीहरु गराएर थिए । कार्यक्रम वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोग तथा चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाज जनकपुरधामको आयोजनामा १५० जनाभन्दा बढी विभिन्न निकाय र सरोकारवालाहरु सहभागिमा अन्तरक्रृया कार्यक्रम सम्पन्न भएको थियो।

बर्दिवास नगरपालिका अन्तर्गत रहेको चुरेक्षेत्रमा कालापानी तथा राजाबासमा क्षेत्रमा गरिएको कार्यहरु अप स्ट्रिम र डाउन स्ट्रिमको स्थलगत अवलोकन तथा भ्रमण सरोकार वालाहरुलाई जानकारी गराउँदै वन तथा वातावरण मन्त्रालय मधेस प्रदेश अधिकृत बेचन कुमार महतोले चुरे सम्बन्धि विभिन्न जानकारीहरु गराएर थिए । कार्यक्रम वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोग तथा चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाज जनकपुरधामको आयोजनामा १५० जनाभन्दा बढी विभिन्न निकाय र सरोकारवालाहरु सहभागिमा अन्तरक्रृया कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा चुरेविज्ञ डा. विजय कुमार सिंह, मधेश प्रदेश वन मन्त्रालयका राजिव झा, पत्रकार अजित तिवारी लगायतले कार्यपत्र प्रस्तुतगर्नुभएको थियो । त्यसै गरी जिल्ला वन कार्यालय धनुषाका डिएफओ बेचन चौधरी, सिरहाका सुजित झा, भु संरक्षण अधिकृत बेचन कुमार महतो, फेकोफन मधेश प्रदेशका अध्यक्ष सोमप्रसाद शर्मा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, प लगायतले सहभागिता जनाउँदै विचार राख्नुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer