bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

श्री कांटवासीमाई पञ्चबर्षिय पुजा एवम मेला तथा कलश यात्रा जनता समाजबादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव द्वारा उद्घाटन

pokhariya Holi Notice

कलैया, बारा।

श्री कांटवासीमाई पञ्चबर्षिय पुजा एवम मेला तथा कलश यात्रा जनता समाजबादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव द्वारा उद्घाटन गरिएको हो। यादवले हजारौ भक्तजन र श्रद्धालुका लागि आफ्नो महत्त्वपूर्ण समय दिएर शोभा यात्रा तथा मेलाको उदघाटन आफ्नो करकोमल हाथबाट गरिएको हो। राष्ट्रिय अध्यक्ष यादवले मेलालाई उद्घाटन गर्दै भौतिक पूर्बधारको साथै आर्थिक बिकासमा ध्यान दिन जरुरी रहेको बताउनु भएको छ । विश्व प्रसिद्ध गढीमाई क्षेत्र र कटवासीमाई क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा बिकाश गरेर यस क्षेत्रका जनताहरुको आर्थिक स्रोतमा वृद्धि गर्ने प्रतिबद्धता गरेका छन्।

श्री कांटवासीमाई पञ्चबर्षिय पूजा एवम मेला मुलसमितिका अध्यक्ष शिबेन्द्र प्रताप सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले विश्व प्रसिद्ध गढीमाईको मेला जस्तै यस मेलामा पनि भक्तजनहरुको लागि ब्यवस्थापन गरिएको बताए। भक्तजनहरुका लागि रातीमा बस्ने बास खाना, शौचालय, बिजुली बत्ती, खानेपानी र शान्ति सुरक्षाको कडा ब्यवस्थापन गरिएको हो। भक्तजन र श्रद्धालुहरुका लागि विभिन्न किसिमका मनोरञ्जनको ब्यवस्था गरिएकोछ । मनोरञ्जनमा पचास देखि एक सय भन्दा बढी टिकटको दर रेट लिन नपाउने जनाइएको छ । मेलापछि यस क्षेत्र बाट निर्वाचित भएको जसपाका अध्यक्ष उपेन्द्र यादव र प्रदेश प्रतिनिधिहरुको सहयोगमा यस क्षेत्रमा राम्रो बिकास गर्ने नगरप्रमुख उपेन्द्र यादवले जनतालाई अश्वासन दिएका छन्।

बिश्व प्रसिद्ध गढीमाईको ठूलो बहिनी कांटवासीमाईको पनि जिल्लामा राम्रो चर्चा बढेकोछ। पहिला देखि प्रचार प्रशारको अभावका कारण यस क्षेत्रको बिकास हुन नसकेको बताउनु हुन्छ। विश्व प्रसिद्ध गढीमाई जस्तै यहाँ पनि भक्तजनहरुले बली चढाउने गरिन्छ तर एउटा खसीको बलि उल्टो दिने चलन रहेको छ।

शोभा यात्रा कार्यक्रममा संबिधान सभा सदस्य रामजोध्या यादव, महागढीमाई नगरपालिका उप प्रमुख तारा देबी कानु, नेपाली कांग्रेस जिल्ला संचिव भैयाराम यादव, जिल्ला सदस्य बिरेन्द्र यादव, महागढीमाई नगरपालिका वडा नं ५का गाजेन्द्र कुमार जयसवाल, जसपाका मधेस प्रदेशका अध्यक्ष रामबाबु यादव, प्रदेश सभा सदस्य बच्चा यादव, करैयामाई गाउँपालिका अध्यक्ष शम्भु यादव, पूर्ब राष्ट्रिय सभा सदस्य रामेश यादव लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer