bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

‘विहिप नेपाल’को माग : गैरजिम्मेवार अभिव्यक्ति दिने संस्कृतिमन्त्री किराती राजीनामा देउ !

pokhariya Holi Notice


काठमांडू, न्यूज़ डेस्क

नेपाल सरकारको जिम्मेवार पदमा रहेका बहालवाला सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बहुसंख्यक सनातनीहरुको आस्था एवं मनोभावना माथि चोट पुग्नेगरी गैरजिम्मेवार एवं अशोभनिय अभिव्यक्ति दिएको प्रति ‘विश्व हिन्दू परिषद, नेपाल’ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परिषदले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको मौलिक धर्म-सँस्कृति, संस्कार-सभ्यता र पहिचान बुझेको व्यक्ति संस्कृति मन्त्री हुनुपर्ने सामान्य मान्यता रहेको उल्लेख गरेको छ । बहुसंख्यक सनातनीहरुको बसोबास भएको देशको सँस्कृति मन्त्री नै सनातन धर्मको विरुद्धमा देखिनु नेपालीहरुका लागि आफैमा दुर्भाग्यपूर्ण विषय भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल बहुसंख्यक सनातनीहरुको बसोबास भएको राष्ट्र हो । यस्तो यथार्थबीच हालै सँस्कृति मन्त्री सूदन किरातीले खिष्टियन धर्म नमान्ने सबै संविधानका विरोधी एवं राष्ट्रघाती हुनू भनी दिएको अभिव्यक्ति सनातनीहरु माथिको ठाडो प्रहार हो । मन्त्री किरातीले दिएको उक्त अभिव्यक्तिले उनी आयातित धर्मका संरक्षक हुन् भन्ने तथ्य प्रष्ट पारेको छ । सनातनीहरुको करबाट तलब खाएर सनातन धर्म र सनातनीहरुमाथी प्रहार गर्दै विदेशी धर्मको संरक्षण गर्ने मन्त्री बहुसंख्यक नेपालीलाई आवश्यक नरहेको हाम्रो ठहर हो ।’

बहुसंख्यक नेपालीको मनोभावनाको कदर गर्दै यथाशीघ्र माफी माग्दै मन्त्री पदबाट राजीनामा नदिए कठोर कदम चाल्न बाध्य हुने चेतावनी परिषदका महासचिव जितेन्द्रकुमार सिंहले दिएका छन् ।

सिंहले विज्ञप्तिमा भनेका छन्, ‘कथित राजनेताद्वारा पटक-पटक सनातन हिन्दू विरोधी वक्तव्य दिईनुले उनी विधर्मी शक्तिद्वारा परिचालित रहेको समेत स्पष्ट भएको छ । त्यस्ता धर्म सँस्कृति विरोधी तत्वहरुलाई साथ दिने जुनसुकै राजनैतिक दल, समुहको राजनैतिक अस्तित्व समाप्त पार्न सनातनी हिन्दू धर्मावलम्बी एवं विश्व हिन्दू परिषद नेपाल लगयातका संगठनरू पछि पर्ने छैनन् । नेपालको मौलिक धर्म सँस्कृति विरुद्ध चौतर्फी आक्रमण भैरहेको वर्तमान परिस्थितिमा बहुसंख्यक हिन्दू समाज संगठित हुनुको विकल्प छैन । हामी समयमै सावधान भएनौं भने परिस्थिति झन् प्रतिकुल हुने निश्चित छ । हाम्रा बीच सक्रिय रहेका असामाजिक हिन्दूविरोधी तत्वहरुको समयमै पहिचान गरी पूर्ण बहिष्कार गर्न सम्पुर्णलाई विश्व हिन्दू परिषद नेपाल हार्दिक अपिल गर्दछ । साथै धार्मिक, सांस्कृतिक र संवैधानिक मर्यादालाई आघात गरेर सामाजिक सद्भाव माथि कुठाराघात हुने प्रयास प्रति सचेत रहन् सम्बन्धित सबै पक्षसँग अनुरोधसमेत गर्दछ ।’

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer