bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

९ वर्ष पछि मनहर्वा गोल्डकपले तेस्रो संस्करणको निरन्तरता पाउँदै

pokhariya Holi Notice

कलैया, बारा।

जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थित मौवादेवी युवा क्लबले ९ वर्षपछि गोल्डकप लाई निरन्तरता दिन लागेको हो । आयोजक मौवादेवी युवा क्लबले पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको तयारी बारे जानकारी गराएको हो । लामो समयदेखि संचालन हुन नसकेको गोल्डकप लाई निरन्तरता दिँदै आयोजकले माघ १३ गतेदेखि तेस्रो संस्करण आयोजना गर्ने तयारी गरेको छ । झण्डै एक दशकदेखि आयोजना हुन नसकेको मनहर्वा गोल्डकप यस वर्ष हुने भएको छ ।

माघ २० गतेसम्म आयोजना हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहने जानकारी गराएका छन् । प्रतियोगितामा साविक विजेता नव दुर्गा युवा क्लब, हानामी बिएफसी चितवन, रिगल हेटौडा रिसोर्ट मकवानपुर, बागमती युवा क्लब सर्लाही, रौतहट एफसी, नमस्ते युवा क्लब हरिवन, वीरगन्ज युनाइटेड क्लब र आयोजक क्लबको सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, सर्वाधिक गोलकर्ताले १५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर र मिडफिल्डरले १० हजार, उत्कृष्ट प्रशिक्षकले पाँच हजार र उदयीमान खेलाडीले पाँच हजार प्राप्त गर्ने क्लबका पदाधिकारी रमेश खतिवडाले जानकारी दिए । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने एक टिमलाई फेयर प्ले अवार्डमार्फत २५ हजार नगदले पुरस्कृत गरिने खतिवडाले बताए ।

मौवादेवी युवा क्लबको खेल मैदानमा हुने प्रतियोगिताको अनुमानित लागत २० लाख ८६ हजार रहेको छ । पत्रकार सम्मेलनमा जीतपुरसिमरा १८ का वडाध्यक्ष चतुरवावु वाग्लेले आफ्नो धारणा राख्ने क्रममा पूर्वाधार विकाससंगै मानव विकासलाई ध्यानमा राखेर प्रतियोगितालाई निरन्तरता दिन लागिएको बताए । पूर्वाधार विकासमात्रै गरेर सामाजिक रुपान्तरण सम्भव नरहेको बताउँदै वडाध्यक्ष वाग्लेले मानव स्वास्थ्य र विकासमा पनि ध्यान दिन जरुरी रहेको बताए।

वडाध्यक्ष वाग्लेले प्रतियोगिता संचालनका लागि वडा कार्यालयले तीन लाख विनियोजन गरेको समेत जानकारी दिए। वडा नं. १८ को कार्यालयसंगै वडा नं. १७ ले प्रतियोगिता संचालनका लागि सहयोग गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा क्लबका पूर्वअध्यक्ष बसन्त खतिवडाले जीतपुरसिमराको १८ र १७ को वडा कार्यालयसंगै उपमहानगरपालिका र अन्य वडा कार्यालयले प्रतियोगिताको निरन्तरताका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए । लामो समयदेखि संचालन हुन नसकेको प्रतियोगितालाई निरन्तरता दिन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै खतिवडाले फूटबलको निरन्तरतासंगै खेलाडी उत्पादनमा समेत जोड दिने बताएका छन् ।

क्लबका अध्यक्ष निर्मलकुमार यादवको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाँउलेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण प्रतियोगिताको संचार संयोजक पुष्पराज खतिवडाले गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer