bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

चार किलो लागु औषध चरेस सहित एक महिला पक्राउ

pokhariya Holi Notice

कपिलवस्तु ।

जिल्ला प्रहरी कपिलवस्तु मताहत रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले ४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेस सहित एक महिला पक्राउ गरेको छ । माघ २० गते ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलिले कृष्णनगर बजारबाट प्युठान जिल्लाको गौमुखी गाउपालिका वडा नं ३ बस्ने ३८ बर्षीया बासु घर्ती मगरलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

उक्त लागु औषध रुकुम पुर्वबाट भारत तर्फ लैजादै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीको टोलिले चेकजाँच गर्ने क्रममा महिलालाई ४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेस सहित कृष्णनगर बजारबाट पक्राउ गरिएको छ । प्रहरी टोलिले शंका लागेपछि भारत तर्फ जाँदै गरेकी महिलाले बोकेको झोला चेकजाँच गर्दा प्लास्टिकमा पोको पारेर राखेको (९ नौ) पोका चरेस बरामद गरिएको थियो । घटना बारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer