३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा
काठमाडौं । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार २०७७ सालमा दशैंको टीका कात्तिक १० गते र भाइटीका मंसिर १ गते परेका छन् ।
सरकारले २०७७ सालको सार्वजनिक विदाहरुको सूची नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ । २०७७ सालको वर्षभर ५२ वटा शनिबार परेका छन् । शनिबार देशभरका नेपालीहरुले पाउने साप्ताहिक विदा हो ।