विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

नव जनजागृति क्लब सिमरा श्रीसिया गोल्डकपको उदघाटन खेलमा  विजयी

0 1,592

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

वीरगंज ।।  वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा बिहिबारदेखि सुरु भएको धिरज चौधरी स्मृति ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीताको उदघाटन खेलमा नव जनजागृति क्लब सिमरा विजयी भएको छ । वीरगंज ड्राईपोर्ट सिर्सिया स्थित खेल मैदानमा भएको खेलमा चण्डी प्रसाद गण वीरगंजलाई बारा ११, बाराले ३–६ गोल अन्तरले पराजित गरेको हो ।

देवताल psa

उद्घाटन खेलमा नव जनजागृति क्लब सिमराका संदिप खत्रीले म्यान अफ म्याच घोषित भएका छन । भोलीको खेल हाम्रा फुटबल क्लब वीरगञ्ज र एपिएफ क्लब महोतरी बिच हुने आयोजक क्लबका पंकज चौधरीले जानकारी दिए । चैत २ गतेसम्म हुने प्रतियोगितामा बाराको एपीएफ पथलैया, वीरगञ्ज युथ एकेडेमी, युवा स्पोस्र्टस क्लब वीरगञ्ज, युवा समाज चितवन, मकवानपुर ११ हेटौंडा, बारा ११, सरस्वती युवा क्लब रौतहट, वीरगञ्ज युनाईटेड र वीरगञ्ज आर्मीको सहभागिता रहने क्लबका अध्यक्ष सञ्जय पटेलले बताए ।

प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार र उपविजेता लाई ५१ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । बिहिबार देखि सुरु भएको ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीताको उदघाटन प्रदेश सभा सदस्य ओम प्रकाश शर्माले गरेका थिए ।

प्रतियोगीता उद्घाटन कार्यक्रममा वीरगंज उद्योग वाण्ज्यि संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता , सशस्त्र प्रहरी बेस क्याम्प अलौका प्रमुख , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी नायब निरिक्षक प्रेम बहादुर खत्री , बिशाल मेमोरीयल फाउन्डेशका उपाध्यक्ष महम्द निजामुदिन हवारी लगायतकाको सहभागीता रहेको थियो ।

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.