bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

आर्थिक वर्षको अन्तिममा तीन दिने कार्यक्रम

pokhariya Holi Notice

कलैया, बारा ।

असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट खर्च सक्ने मनोविज्ञान देखिएको छ । ‘असार २४ गते देखि सुरु गरिएको कार्यक्रम शुक्रबार सम्म चल्ने छ । चेक भुक्तानी असार २५ सम्म मात्रै हुने व्यवस्था छ । अब लेखापालले चेक भुक्तानी कसरी गर्छ ?’ सो क्षेत्रका अगुवाहरुको प्रश्न छ ।

बाराको महागढीमाई न.पा.ले रौतहटको युवा समाज विकास नेपाल नामक संस्था सँग सम्झौता गरी नगर उप-प्रमुख तारादेबी कानुले एउटा कार्यक्रम चलाएको पाईएको छ । उपमेयरले आफ्नो नजिकको जिल्ला भन्दा बाहिरको सो संस्था सँग मिलेर आर्थिक वर्ष समाप्त हुने बेलामा जिल्लाका संस्थालाई वाइपास गरी ५ लाखको कार्यक्रम गरिन् । नगर प्रमुख उपेन्द्र यादव तथा उप प्रमुख कानुले बजेट पचाउने दाउमा लागेर यो कार्यक्रम आयोजना गरेको स्थानीय संघ संस्थाहरुको आरोप छ ।

महागढीमाई न.पा. को वडा नम्बर २ मा राखिएको त्यो कार्यक्रम ३ दिन सम्म चल्यो । ५ लाख पचाउने नियतले आर्थिक वर्षको अन्तिममा कार्यक्रम राखिएको स्थानीय युवा मुकेश कुशहवा बताउँछन् ।

आर्थिक वर्षको अन्त्यमा आएर बजेट सक्नकै लागि अनावश्यक क्षेत्रमा खर्च हुँदा पनि प्रश्न उठाउन किन नसकेको भन्दै उनले प्रतिपक्षी लाई समेत प्रश्न गरेका छन् । कुशहवाले युवा समाज विकास नेपाल नामक संस्था सँग कमिसन खाएर नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको दाबी पनि गरेका छन् ।

नगरपालिकाले असार २४, २५ र २६ गते ३ दिनको लागि नेतृत्व विकास तालिमको आयोजना गरेको छ । यसका लागि ५ लाख बजेट छुट्याएको छ ।

न्यायीक समितीका संयोजक तारा देवीका अनुसार यो कार्यक्रम पहिला नै भएको हो भन्ने प्रतिक्रिया दिएका थिन। हामिले जनता लाई मर्का नपर्ने गरि सबै सेवा सुबिधा दिने गरेको बताइन । साथै नियम कानुनको पालना गर्दै कुनै संस्था लाई कार्यक्रम गर्न दिएको  उनको दावी रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer