bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बागमती नदीमा बेपत्ता भएका तिनै बालिकाको शव बरामद

बिकाश पाण्डेय // रौतहट // भाद्र १० गते

pokhariya Holi Notice

रौतहट जिल्लाको बागमती नदीमा ऋषि पञ्चमिको अवसरमा नुहाउन जाँदा बेपत्ता भएका तिनैजना बालिकाको शव बरामद भएको छ ।गत ७ गते बिहान बागमती नदीमा ऋषि पञ्चमिको अवसरमा गढीमाई नगरपालिका वडा नं ७ धर्मपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीय छोरी पिंकी कुमारी मुखीया, लक्षमण दासकी १२ वर्षीय छोरी सुसिता कुमारी दास र छट्टु मुखियाकी १० वर्षीय छोरी चञ्चल कुमारी मुखिया नुहाउन जाँदा बेपत्ता भएका थिए ।नदीमा ३ जना बेपत्ता भएका घटना लगत्तै धर्मपुर प्रहरी चौकीबाट र ईलाकाप्रहरी समनपुरबाट क्षेत्र बहादुर बरुवालको बमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा खोजतलास गर्दा सोही दिन करिब ३ बजेको समयमा पिंकी कुमारी मुखियाको शव फेला परेको थियो ।यस्तै मंगलबार बागमती नदीको किनारमा माधवनारायण नगरपालिका ८ स्थित सुसिता कुमारी दासको र राजदेवी नगरपालिका ९ ब्रम्हपुरीस्थित बागमती नदीको पूर्वपट्टी किनारमा चञ्चल कुमारी मुखियाको पनि शव फेला परेको रौतहट प्रहरी प्रवक्ता डिएसपी भरतद श्रेष्ठले जनाएका छन् ।नदीमा डुबेर एक साथ तीन बालिकाको मृत्यू भएपछि प्रदेश २ सरकारले राहत स्वरुप १ – १ लाख दिने निर्णय गरेको छ ।बुधबार प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिमा डुबेर ज्यान गएकी तीनटै बालबालिकाको परिवारलाई १र१ लाख रुपैयाँ दिने भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer