bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

राम​को ह​त्यामा सँग्ल​न​ देखिएको भ​नि एक प्र​ह​री निरिक्ष​क स​हित​ तिन​ प्र​ह​री निल​म्बित​

pokhariya Holi Notice

 उद​य​ तिवारी

रौत​ह​ट​

रौत​ह​ट​को ग​रुडा इलाका प्र​ह​री कार्याल​य​को हिरास​त​मा र​हेको बिज​य​ राम​लाई च​र​म​ यात​ना दिएको कार​ण​ म्रित्यु भ​एको भ​न्दै एक प्र​ नि  नविन कुमार सिंह सहित ३ प्रहरी निलम्बनमा परेका हुन । गरुडा न.पा.वडा नं.८ बसविट्टी जिंगडिया वस्ने वर्ष २० को निरन्जन रामलाई घाँटी काटी कर्तव्य गरी मारेको घटनाको अनुसन्धानमा ईलाका प्रहरी कार्यालय गरुडाले पक्राउ परेका विजय महरा समेतको सोधपुछमा संलग्न जिल्ला प्रहरी कार्यालय,  प्र नि नविन कुमार सिंह, प्र.ह. हिरोज मियाँ धुनिया र प्र.ह. मन्नु कुमार सिंहको सहभागिता थियो । उक्त घट्नाको सम्बन्धमा प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्वन गरि दिन हुन भनि जिल्ला प्रहरी कार्यालय, रौतहटको अनुरोध वमोजिम प्र.नि. नविन कुमार सिंहलाई गृह मन्त्रालय (सचिवस्तर) को मिति २०७७।०५।१५ गतेको निर्णयानुसार श्री गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखाको च.नं.८९ मिति २०७७।०५।१५ गतेको पत्रले प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्म ६ महिना अवधिको लागि निलम्वन गरिएको छ । साथै प्रहरी हवल्दार हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंहलाई २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको च.नं.३२५ मिति २०७७।०५।१५ गतेको पत्रले प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि समेत निलम्वन गरिएको रौतहटका जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer