विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

जनमत पार्टीका कार्यकर्ताले आफ्नो राजनीतिक स्वार्थमा सुवर्ण गापा लाई बदनाम गर्दै : महेन्द्र यादव 

625

Get real time updates directly on you device, subscribe now.

cin bigyapan
जनमत पार्टीका कार्यकर्ताले आफ्नो राजनीतिक स्वार्थमा सुवर्ण गापा लाई बदनाम गर्दै : महेन्द्र यादव 
कलैया, बारा।
जनमत पार्टीका कार्यकर्ताले आफ्नो राजनीतिक स्वार्थमा सुवर्ण गापा लाई बदनाम गर्दै अनेक बिधि अपनाउने गरेको गापा अध्यक्ष महेन्द्र यादवले बताए।  सुवर्ण गापा कै वडा नं.५ बस्ने विनोद यादव (जनमत पार्टीको जिल्ला संयोजक) ले यहि आशिवन २२ गते विहिबारका दिन सुवर्ण गाँउपालिकाको हाता भित्र दुई सेवाग्राही बीच भएको विवादलाई लिएर यस गाँउपालिकाको क्र​म​चारी र जनप्रतिनिधिले नै घटना गराएको भम्रित समाचार कतिपय सञ्चार माध्यमहरुले लेखेको प्रति गम्भिर ध्यानाकर्षण गरि प्रेस कन्फ्रेन्स​ गरि गापा अध्यक्ष महेन्द्र यादवलाई पालिका कार्यालय प्रमुख नविन श्रीवास्तवले सम्पूर्ण कर्मचारी मिलि ज्ञापन पत्र बुझाएका थिए ।
जनमत पार्टीको जिल्ला संयोजक यादवले घटना दुई सेवाग्राही बीच भएको र त्यसको कुनै जानकारी न त गाँउपालिका अधिकृतलाई भएको, न त मेयरलाई र न त वडा अध्यक्षलाई भएको वा गराएको स्पष्ट पारेका छन्।  घटना पश्चात घटनाको विषयमा बुझदैँ जादाँ निज जनमत पार्टीको जिल्ला संयोजक यादवले पालिका प्रमुख, कर्मचारी जनप्रतिनिधि लगायत सबैलाई गालि गलौज दिदैँ गरेर कुटने धम्की दिएको र सोही कुरामा एक सेवा ग्राहीले (नाम पहिचान नभएको) त्यस्तो नबोल्न भनेकोमा बादविवाद भएको कार्यालयले बुझेका थिए।
घटनालाई टोड मरोड गरेर कतिपयले सुचना माग्न जाँदा सुचना लुकाउने बहाना, अनियमित्ता लुकाउने बहानामा कार्यालयले नै गराएको सुचनामा कुनै सत्य तथ्य नरहेको स्पष्ट पारेका छन। विगतको पृष्ठभूमि हेर्दा जनमत पार्टीको जिल्ला संयोजक यादवले यस कार्यालयमा रित पूर्वक सुचना मागको निवेदन मिति  २०७६/१०/२६ गते दर्ता गराएकोमा सो निवेदन उपर सुचना अधिकारी सहितको मिति२०७६/११/१ गतेको बैठकले निजलाई सुचना वापत लाग्ने दस्तुर बुझाए पछि नियमानुसार सुचना प्रदान गर्ने निर्णय गरेको निर्णयानुसार मिति२०७६/११/११ गते निजलाई सुचना प्रदान गरेवापत सुचनाको हक सम्बन्धि ऐन र नियमावली बमोजिम लाग्ने अनुमानित दस्तुर रु १०,०००।०० (अक्षरेपी दस हजार) यस गाँउपालिकाको हिमालयन बैँक लिमिटेडमा रहेको संचितकोष खाता नं.०५५०७९०७२०००११ मा जम्मा गरी सक्कल भौचर पेश गरी सुचना लैजान पत्र पठाइएकोमा निजले त्यस पश्चात सो कार्य नगरी कार्यालय प्रमुख, सुचना अधिकारी तथा कार्यालयलाई नै हानि नोक्सानी हुने कार्य गरेको पालिका कार्यालय प्रमुख श्रीवास्तवले बताए।
जनमत पार्टीको जिल्ला संयोजक यादवले गरेको कर्तुत
१. सुचना वापत रकम बुझाउने निजको व्यक्तिगत पत्र सामाजिक संजालमा राखि भम्र फैलाउने कार्य गरे।
२. सुचना वापत रकम बुझाउने निजको व्यक्तिगत पत्र विभिन्न एफ.एम.मा चरित्र हत्या गर्ने उदेश्यले वाचन गर्ने, कहिले अधिकृत, सुचना अधिकारी त कहिले अध्यक्ष सँग रेडियो मार्फत प्रत्यक्ष कुराकानी र गाली गलौजको वातावरण सिर्जना गरे।
३. सुचना वापत रकम बुझाउने निजको व्यक्तिगत पत्रकै कारण मिति २०७६/१२/०९ गते कार्यालय प्रमुख तथा अन्य कर्मचारी सँग विवाद गरेको र सो मा इलाका प्रहरी कवहीगोठबाट प्रहरी समेत बोलाउनु परेको थियो।
४.सुचना वापत रकम बुझाउने पत्रको आँडमा निजले २०७७ को आसार मसान्तको अन्तिम तिर विना कुनै कारण वडा कार्यालयमा केही युवाहरुको समुह द्धारा ताला लगाई सेवाग्राहीलाई दुःख दिए । यसै सन्दर्भमा आवाज एफ.एमको कार्यक्रममा वडा कार्यालयमा किन ताला लगाएको विषयमा निजले नै सुचना नदिएको कारण देखाएको मिति  २०७७/४/२ गते भिडियो सार्वजनिक गरे ।
५.केही युवाहको समुह लिई वडा नं. ५ को वडा अध्यक्ष  माथि दुर्वव्यवहार गरेको जुन घटनाको मुद्धा जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने
devatal gapa
    प्रक्रियामा रहेको।
६.घटना हुने दिन (मिति २०७७/६/२२ गते बिहिबार) वडा नं. ५ मा गई वडा अध्यक्ष र वडा सचिवलाई धम्काउने , डराउने कार्य गरे।
७.घटना हुने दिन (मिति २०७७/६/२२ गते बिहिबार) कार्यालय प्रमुखलाई पुनः अर्को सुचनाको निवेदन पेश गरेकोमा कार्यालय प्रमुखले पहिला मिति २०७६/११/११   गते सुचना वापतको दस्तुर काटिएको पत्रमा तपाईले  विगतमा कुनै कार्य नगरेकोले फेरी तपाईको पत्रले कार्यालयलाई तपाई प्रति विभिन्न आशंका गर्ने ठाँउ रहेकोले यस सम्बन्धमा गा.पा.अध्यक्षले नै समस्या समाधान गर्ने भन्दै गर्दा अधिकृत र मेयरलाई कुटने, पिटने र गालि ग्लौज गरे।
जनमत पार्टीको जिल्ला संयोजक यादव लाई पत्रमा त्यस्तो शंका लागेको भए निजको सुचना पाउने अधिकारका साथै निजले त्यति बेला अपनाउने सबै भन्दा पहिला दायित्व थियो कि निजले सो पत्र निजले स्वयंम छानेको अध्यक्ष र उपाध्यक्षलाई देखाउनु पर्थ्यो र गुणासो राख्थे सो पनि गर्नु भएन, दोस्रो दायित्व निजले सुचना आयोग, जिल्ला प्रशासन कार्यालय लगायत अन्य निगरानी निकायहरुमा गुनासो राखि सो पत्र उपर कारवाही गराउनु पर्थ्यो तर निजले जहिले पनि कर्मचारीलाई, जनप्रतिनिधिलाई डराउने, तर्साउने, युवाहरुलाई गलत कार्य गर्न उत्प्रेरित गर्ने, वडा अध्यक्षलाई दुर्वव्यवहार गर्ने आदि कार्य गरी यसरी राजनीतिक पार्टी (जनमत पार्टी) को जिम्मेवार व्यक्ति भएर खालि डर, भय र त्रास सिर्जना गरेको गलत उदेश्य लिएको देखिएकोले अब यदि यस्ता कार्य बन्द नभए आगामी दिनमा कार्यालयका कामकाज ठप्प पार्ने समेत बिज्ञप्ति तथा ज्ञापन पत्रमा उलेख गरिएको छ।
गाँउपालिका राजनिति र प्रशासनिक संयन्त्रले बनेको छ। जसमा राजनीति विवाद जनप्रतिनिधिले मिलाउने र प्रशासनिक कार्य प्रशासनिक निकायले गर्ने स्पष्ट व्यवस्था रहेको छ। कुनै पनि घटना घटे पछि त्यसलाई राजनीति रुप दिदै कर्तव्य निष्ठ , नियमपालक कर्मचारीको मनोबल गिराउने कार्य कतै पनि कसैको हितमा नरहने स्पष्ट देखिन्छ। अतः डर, भय र त्रासको वातावरणमा कर्मचारीहरुले आफनो कार्य गर्न नसक्ने अवस्था देखिएको पृष्ठ भूमिमा यहाँ गाँउपालिकाका जनप्रतिनीधि, जिल्ला प्रशासन कार्यालय, जिल्ला  प्रहरी कार्यालय , नागरिक समाज ,बुद्धिजिवीहरुमा बुदागत रुपमा वातावरण सिर्जना गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ भन्ने माग समेत राखेका छन्।
कर्मचारीको माँगहरु
१.कार्य स्थलमा कर्मचारीहरुलाई शान्ति सुरक्षा प्रदान गरिदिने।
२. कर्मचारीहरुलाई राजनीतिक घटनामा मुछिने कार्य बन्द गरिदिने।
३.कुनै पनि व्यक्तिले कुनै पनि वहानामा  कर्मचारीहरुको मान मर्यादामा खलल पुर्याउने कार्य गरेमा कर्मचारीको गुणासो उपर तुरुन्त कारवाही
   गर्ने ।
४.नागरिकको कुनै पनि राजनीतिक उदेश्यले गरिएको विवाद गाँउपालिकामा भएको जनप्रतिनिधिको संयन्त्र वा न्यायिक समिति मार्फत मात्र समाधानको व्यवस्था मिलाउने।
उल्लेखित कार्यहरु कर्मचारीलाई उच्च मनोबल राखि कार्य गराउने मुख्य पक्षहरु हुन, जुन नभएमा जनप्रतिनिधिले राखेको जनहितकारी उदेश्यहरु पुरा हुन नसक्ने, कार्य क्षमतामा वृद्धि हुन नसक्ने देखिन्छ। तसर्थ यस माँगहरु लाई गम्भिर रुपमा लिई जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवि लगायत सबैबाट माँग पुरा हुने अवस्था सिर्जना नभए मिति २०७७/०६/२७ गते बाट कार्यालयको सम्पुर्ण कामकाज ठप्प गर्ने निर्णय कर्मचारीहरुको बैठकले गरेकोले सो कार्य गर्न बाध्य हुने वेहोरा उल्लेख गरिएको छ।  कर्मचारीहरुको मिति २०७७/०६/२५ गतेको बैठकको निर्णयानुसार मिति २०७७/०६/२५ गते कार्यालयको काम गर्ने, मिति २०७७/०६/२६ गते कार्यालयको आन्तरिक कार्य मात्र गर्ने निर्णय भएकोमा सोही बमोजिम गरिने व्यहोरा जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ।
यो सबै घटना बारेमा पालिका प्रमुख यादवले भने जनमत पार्टीको जिल्ला संयोजक यादवले भने म संग योजना मांग गरेका थिए तर कोभिड सँक्र​म​ण​ भएकोले दिन नसकेकोले नदिएको निहुमा वँहाले यस्ता कमाउनिस्ट संग समझौता गरेका जनमत पार्टी प्रतिनिधिले यस्ता नचाहिदो कार्य गरेको पोल खोलेका थिए।
baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.