Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

प्रह‌रीविरुद्ध जनता समाजवादी पार्टीको कलैयामा प्रदर्शन

प्रशौनी छठ ०२२
0 1,301
cin bigyapan
फेटा छठ ०२२

प्रह‌रीविरुद्ध जनता समाजवादी पार्टीको कलैयामा प्रदर्शन

पचरौता छठ ०२२
cin bigyapan
 
अनिल पाण्डेय, कलैया बारा
प्रह‌रीविरुद्ध जनता समाजवादी पार्टीका कार्यकर्ता सडकमा उत्रिएका छन्। जिल्ला सदरमुकाम कलैयामा प्रतिनिधि सभासद , प्रदेश सभासद , जिल्ला समन्वय समितिको पदाधिकारी, सभासद लगायत सयौं संख्याका कार्यकर्ताले प्रहरीविरुद्ध नाराबाजी गरेका छन। दोषिलाई कर्वाहि होस घाईतेलाई क्षतिपुर्ति दिनुपर्यो। प्रहरीको दमन बन्द गर्नु पर्यो नाराको साथ नगर परिक्रमा गरी कलैयाको भरत चौकमा कोण सभामा परिणत भएको थियो। अगामि कार्यक्रमको लागि भोलि निर्णय हुने पनि युवा सँघको जिल्ला अध्यक्ष सुजित पाण्डेयले जानकारी गराउनु भयो।
भारतीय सीमावर्ती सुवर्ण गाउँपालिका–२ कवही गोठ बजारमा पर्ने इलाका प्रहरी कार्यालय अगाडि बुधबार राति प्रहरी र स्थानीयबीच झडप भएको थियो। सोही विषयलाई लिएर जसपाले प्रहरीविरुद्ध प्रदर्शन गरेको हो।

तस्करीको लाईन दिएको र ईलाका प्रहरी कार्यालय कबहि गोढले पैसा कमाउने गुनासो धेरै बढेकोले बुधबार भारतबाट ल्याइँदै गरिएको आलु र प्याज प्रहरीले खोसेर कलैयातर्फ लैजाने क्रममा स्थानीयले रोक्न खोजेका थिए। त्यस क्रममा झडप भएको र झडपले ठूलो रुप लिएपछि प्रहरीले एक दर्जनभन्दा बढि फायर गरेको थियो।  गोली लागी एक 14 बर्षिय  बालक घाइते भएका थिए।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। सोहि हवाई फायरबाट घाईते निरन्जन यादवलाई गोलि लागेको थियो।  दस बोरा आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयाबाट प्रहरीको गाडी मगाएर जिल्ला लान खोज्दा झडप तस्करलाई छोडने र किसानलाई समाउने भनेर बिबाद उत्पन्न भएको थियो।

घाईतेलाई कबहि गोढमा उपचार हुन नसकेर बिरगँजको ब्योधा अस्पतालमा उपचार भईरहेको छ। घाईते को स्थिति गम्भिर नै रहेको छ।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer