विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

ट्रकको ठक्करबाट बारामा एक किशोरीको जयान गएको

cin bigyapan

ट्रकको ठक्करबाट बारामा एक किशोरीको जयान गएको

Thank you for reading this post, don't forget to subscribe!

अनिल पाण्डेय

कलैया बारा

बुवाले चलाएको मोटरसाईलको पछाडी बसेकी १७ बर्षिय छोरीको ट्रकको ठक्करबाट आज  ज्यान गएको छ । कलैया बरियारपुर सडक खण्डको कलैया उपमहानगरपालिका ४ मैदामिल नजिकै दुर्घटना हुँदा पचरौता नगरपालिका ८ बस्ने प्रेम नारायण चौधरीको छोरी गान्धी कुमारी चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

devatal gapa

सदरमुकाम कलैयाबाट महागढिमाई नगरपालिकाको बरियारपुर तर्फ जाँदैगरेको प्रदेश नम्बर २–०३–००६ प.९३८५ नम्बरको मोटरसाईकल‌लाई सो दिशा तर्फ जाँदै गरेको ना ४ ख २९२३ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको थियो ।

ट्रकको ठक्करसँगै मोटरसाईकल सहित बाबुछोरी सडकमा पछारिएका थिए । सोही क्रममा दुबैजना गम्भीर घाईते भएका थिए । टाउकोमा चोट लागेको अवस्थामा नेस्नल मेडिकल कलेज शिक्षण अस्पताल विरगजं पुर्याईएकोमा उपचारका क्रममा ति किशोरीको ज्यान गएको हो ।

मृतकका बाबुको हात र खुट्टामा चोट लागेको थियो । प्राथमिक उपचारपछी आजै डिस्चार्ज भएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएकाछन ।

baragadhi
Karaiya Mai

Comments are closed.