bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

धार्मिक कार्यमा पनि आफ्नो गोजीको स्वार्थ न छोडी भगवान संग नदराइ त्यसमा पनि अनियमितता

pokhariya Holi Notice

रमेश साह, कलैया, बारा ।

धार्मिक कार्यमा पनि आफ्नो गोजीको स्वार्थ न छोडी भगवान संग नदराइ त्यसमा पनि अनियमितता गरि रहेको स्थानीयहरुको भनाइ रहेको छ। बारामा पुल निर्माण गर्न कबाडको छड प्रयोग गरिदै भेटिएको छ । कलैया उपमहानगरपालिका वडा नम्वर ७ पोखरीमा निमार्णधिन पुल बनाउँन कबाडको छड प्रयोग गरिएको हो । कलैया उपमहानगरपालिकाको योजनाबाट निर्माणधिन छठी घाटको पोखरी बिचको मन्दिर र मन्दिरमा जाने पक्की ढलान पुलमा गुणस्तरहीन छड कबाडबाट खरिद गरि ल्याई प्रयोग गरेको स्थानियहरुले आरोप लगाएका छन् ।

उपमहानगरको योजनाबाट करिव ८५ लाखको लागतमा निर्माणधिन छठी घाटको पोखरी बिचको मन्दिर र मन्दिरमा जाने पक्की ढलान पुलमा केहि नया छड किनि बाकी कबाडबाट ल्याएको छड मिसाई निर्माण कार्य गरेको भेटिन्छ । योजना प्रमुख नविन पौडेलसँग बुझन खोज्दा उनले मोवाईलमा कल डाईभर्ट गरेर बसेको पाईन्छ । योजनाको ईन्जिनियर चन्द्रशेखर कुशवाहासँग बुझदा उपभोक्ता समितिले सवै प्रक्रिया पुर्याएर काम गरिरहेको बताए ।

कबाडका छड बारे बुझदा जमिनमा लाग्ने भएकोले खासै केहि फरन नपर्ने हो बाकी सवै काम प्रक्रिया पुर्याएर गरिरहेको अनुगमनमा भेटिएको कुशवाहा दाबी गर्छन । जव कि भौतिक विकास गर्नको लागि स्थानिय उपभोक्ता समिति सुभाष साह नाम मात्रको रहेको स्थलगत रिपोटिङ्ग गर्दा भेटिएको छ । पोखरी निर्माणको सारा काम अरुण पटेलले लिएर गराईरहेको भटिन्छ । निर्माण कार्यमा कबाडको छड जुन पुरा खिया लागिसकेको र कटिङ्ग गरेर कबाडको लागि छाटेको छड प्रयोग गरेको भेटिन्छ ।

कुनै पनि निर्माणको जड मजबुत गरिएन भने उसको टिकाउ कति हुन्छ अनुमान लगाउन सकिन्छ । गुणस्तरहीन समाग्री प्रयोग गरि निर्माण भइरहेको मन्दिर, पुलको गुणस्तर कस्तो होला सजिलै आकलन गर्न सकिन्छ । सम्बन्धित निकाय मुखदर्शक बन्नु कहि न कहि ठुलो आर्थिक रकमको चलखेल भएको हुन सक्ने स्थानिय बताउँछन । गत वर्ष ८५ लाखमा पोखरीको तीन साईडको पर्खाल र घाट निर्माण गरेर ईन्जिनियर, योजना र ठेकदार मिलेर झवाम पारेका थिए । विकासको बजेट दुरुपयोग गर्ने माथि अख्तियारको नजर जान आवश्यक रहेको देखिन्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer