bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

२÷४ प्रतिशत अपेक्षित वर्गका कारण ९४ % सनातन धर्म असुरक्षित महसुश : महासचिव प्रेम थुलुङ्ग

pokhariya Holi Notice

२÷४ प्रतिशत अपेक्षित वर्गका कारण ९४ % सनातन धर्म असुरक्षित महसुश : महासचिव प्रेम थुलुङ्ग

बीरगंज, पर्सा ।

गुरु पूर्णिमाको अवसरमा शनिबार वीरगंजमा गुरुदक्षिणा उत्सव सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा वीरगंजको आदर्शनगरस्थित जैन भवनमा भएको कार्यक्रमका सहभागिहरुले गुरुदक्षिणा दान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय महासचिव प्रेम थुलुङ्गले नेपालमा हिन्दु धर्म असुरक्षित भएको महसुस हुन थालेको वताए । विभिन्न प्रलोभनमा परी धर्म परिवर्तन गर्नेहरुका कारण हिन्दु धर्म असुरक्षित हुन थालेको उनले बताए ।

 विश्वकै मानचित्रमा नेपालमा ८२ प्रतिशत हिन्दु, ९ प्रतिशत बुद्ध र ३ प्रतिशत किरात छन । पुजा गर्ने र बोल्ने भाषा फरक होलान तर पद्धती एउटै भएको हुनाले नेपालमा ९४ प्रतिशत हिन्दु सनातान धर्म मान्ने समाज रहेका छन तरपनि २÷४ प्रतिशत अपेक्षित वर्गका कारण पुरै समाजलाई असुरक्षित महशुस हुन थालेको बताए ।

उनले ज्ञानको अभावमा हाम्रो समाज केही व्यक्तिले धर्म परिवर्तन गर्ने गरेका कारण त्यस्ता व्यक्तिलाई बुझाउन जरुरी रहेको वताए । उनले भने, ‘हाम्रो धर्म र संस्कृतिलाई अगाडी बढाउन हाम्रो कर्तव्य हो । हामीमा मानव संस्कारको कमि भएका कारण शाखाबाट मानव निर्माण गरिन्छ । बर्षमा एक पटक संगठन निर्माणको लागि गुरु पूर्णिमाको अवसरमा गुरुदक्षिण गर्ने गरिन्छ ।’

संविधनमा हिन्दु राष्ट्र नभए पनि नेपाल हिन्दु राष्ट्र छ र रहन्छ उनको भनाई थियो । उनले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई प्रति लक्षित गर्दै संस्कारको अभावमा मुलुक दुःख पाएको बताउँदै त्याग र कर्तव्यको पालना नभएको वताए। उनले भने, हिन्दु स्वयंसेवक संघले देशलाई कस्तो खालको व्यक्तिको आवश्यक छ त्यस्तो व्यक्तिलाई संघको एकघण्टाको शाखाबाट निर्माण गर्ने काम गर्छ । देशमा अझैपनि सुढृदीकरण, कार्यव्यवहार, कार्यपद्धतीको आवश्यकता देखिएकोले हिन्दु स्वयंसेवक संघले भगवाध्वजलाई नै परम गुरु मानेर अगाडी बढ्नु पर्ने उनले बताए ।

विभाग संघचालक अशोक बैधले नेपालाई हिन्दु राष्ट्र बनाउन एक भएर लाग्नु पर्ने वताए । उनले नेपाल हिन्दु राष्ट्र हटनुमा हाम्रो संगठनहरु कै कमिकमजोरी रहेको बताउँदै पुनः एक ढिका भएर लाग्नु पर्ने धारणा राखे ।

जिल्ला संघचालक ललन द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक वेदप्रकाश जी, जनकपुर सम्भाग कार्यवाहक रंजित साह लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण जिल्ला कार्यवाहक कृष्णा चौरसियाले गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer