विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

जसपाबाट प्रदेश सांसदमा सोनी , साह र खातुनको नाम सिफारिस

224

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

वीरगञ्ज, १६ भदौ । जनता समाजवादी पार्टीको प्रदेश सभा समन्वय समिति क्षेत्र नम्बर ३ (ख) ले उम्मेदवार सिफारिस गरेको छ ।

Thank you for reading this post, don't forget to subscribe!

पर्साको क्षेत्र नम्बर ३ (ख) का क्षेत्रीय अध्यक्ष पवन कुमार सिंहको अध्यक्षतामा बिहिवार बसेको बैठकले प्रत्यक्षतर्फबाट २ जना र समानुपातिकतर्फ ४ जनाको नाम सिफारिस गरेको छ ।

devatal gapa

जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद् सदस्य शिबजी प्रसाद सोनी र जसपा मधेश प्रदेश समितिका सदस्य गौरीशंकर साहलाई प्रत्यक्षतर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएको हो ।

त्यस्तै समानुपातिकतर्फ जसपाकी केन्द्रीय सदस्य एवम् पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुनको नाम पनि सिफारिस गरिएको छ ।

खातुनसँगै मुख्तार मियाँ धोबी, मिरा ठाकुर र अल्ताफ आलमको नाम पनि सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष पवन कुमार सिंहले जानकारी दिए ।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.