विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

सूचना प्रविधि विधेयक माथि बृहत छलफल

cin bigyapan

विराटनगर ।  नेपाल कानुन समाज द्धारा संचालित नागरिक सम्वादमा सूचना प्रविधिको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि प्रदेश स्तरका सरोकारवालाहरुसंग एक दिवसीय हाउन हल मिटिङ्ग (संवाद) मा व्यापक छलफल भएको छ ।
नेपाल कानुन समाजले नेपाल सरकारलाई विभिन्न कानुन निर्माण गर्नको लाग सहयोग गर्दै आएको छ । सोही क्रममा विवादित रुपमा रहेको सूचना प्रविधि विधेयकमा छलफल गर्न कानुन व्यवसायी, प्रदेश सांसदहरु, पत्रकार, संघसंस्थाका प्रतिनिधीहरुको सहभागीतामा छलफल भएको थियो ।

Thank you for reading this post, don't forget to subscribe!


अहिलेको विधेयकमा प्रारम्भिक व्यवस्था, विद्युतीय अभिलेख सम्वन्धी व्यवस्था, विदुतीय अभिलेखको सम्प्रेसषण, प्राप्ती तथा स्वीकार सम्वन्धिी व्यवस्था, डिजिटल हस्ताक्षर सम्वन्धी व्यवस्था, नियन्त्रक र प्रमाणिकरण निकाय सम्वन्धि व्यवस्था, डिजिटल हस्ताक्षर सम्वन्धि प्रमाणपत्र, प्रयोग कर्ताको काम कर्तव्य र अधिकार, विदुतीय माध्यमवाट सेवा प्रवाह सम्वन्धिी व्यवस्था, डोमेन नाम दर्ता तथा व्यवस्थापन, सूचना प्रविधि सम्वन्धि उद्योग तथा व्यवसाय सम्वन्धि व्यवस्था, सूचना सुरक्षा तथा गोपनीयता सम्वन्धि व्यवस्था, साईवर सुरक्षा सम्वन्धि व्यवस्था, सेवा प्रदायक सम्वन्धी व्यवस्था र समाजिक संजाल सम्वन्धी व्यवस्था गरी १४ वटा परिक्षेदमा रहेको व्यवस्थामा समुहगत छलफल भएको थियो ।

devatal gapa


उक्त छलफल कार्यक्रममा सहभागीहरुलाई चार समूहमा विभाजन गरी छलफल गरीएको थियो । सहभागीहरुले सूचना प्रविधि सवभन्दा चाडो विकास गर्ने भएकोले यसमा हुने साईवर क्राइमको वारेमा संचेत हुने पर्ने विचार औल्याएको थियो । ऐनले जनतालाई अंकुश लगाउन नहुने, प्रेस माथि अंकुश लगाउन नहुने, सूचना प्रदायक संस्थाला कस्तो कारवाही हुने, सजायमा उदाहरणको लागि एक महिना देखि १ वर्ष सम्म कैद वा १ वर्ष देखि ५ वर्ष सम्म कैद वा दुवै यी शव्दमा सबभन्दा वढी भ्रष्टाचार भएकोले यस्ता व्यवस्था हटाउनु पर्ने अवाज उठेका थिए ।

सो कार्यक्रमा वरिष्ठ अधिवक्ता सुरेश लाल श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । मिलन श्रेष्ठ, राजेन्द्र प्रसाद लिङ्गदेन लगायतले सुझाव दिएका थिए । उक्त छलफल कार्यक्रम उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । यस्तै प्रकारका कार्यक्रम सातवटै प्रदेशमा हुने भएको छ । प्रदेश नं. १ को विराटनगर, प्रदेश नं. २ को जनकपुर, प्रदेश नं. ३ को हेटौडा, गण्डकी प्रेशको पोखरा, प्रदेश नं. ५ को बुटवल, कर्णली प्रदेशको सुर्खेत र सुदुर पश्चिम प्रदेशको धनगढी समेत हुने भएको छ ।

baragadhi
Karaiya Mai

Comments are closed.