bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

जीवनको मुलभूत कुरा शिक्षा, स्वास्थ्य, खानेपानीमा मुख्य रुपमा ध्यान पुर्याईएको : सुवर्ण गाउँपालिका

pokhariya Holi Notice

कलैया ,बारा ।

सुवर्ण गाउँपालिकाको ११ गाउँ सभा भएको छ । गाउँपालिका अध्यक्ष राजेश यादवको अध्यक्षता तथा उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत वकिल प्रसाद पालको विशिष्ट आतिथ्यतामा अध्यक्ष यादवले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकालाई आवश्यक हरेक किसिमको गौरवशाली योजनाहरु लाई प्राथमिकतामा राखेको बताए। यादवले दैनिक जीवनयापन स्तरको योजनालाई आफुले पहिलो प्राथमिकता दिएको बताएका थिए । यादवले मानव जीवनको मुलभूत कुरा शिक्षा, स्वास्थ्य, खानेपानीमा मुख्य रुपमा ध्यान पुर्याईएको बताएका थिए ।

कार्यालय प्रमुख पालले स्वागत गर्दै पालले गाउँपालिकाको उन्नति र प्रगतिका लागि आफुहरु एक जुट रहेको बताए । पालले आफुहरु बिच स साना कमि कमजोरी रहेको छ त्यसलाई मिलेर पहिचान गर्दै समाधान गरेर नमुना गाउपालिका बनाउने योजना रहेको बताए । ईमान्दार भएर गाउँपालिकाको चौतर्फि बिकासका लागि अगाडी बढ्ने बताएका थिए। गाउँपालिका अध्यक्ष यादवले उत्कृष्ट कर्मचारीहरु लाई फुल माला दोसल्ला सहित नगदले पनि सम्मानित गरेका छन । यसरी सम्मानित हुनेमा शिक्षा तर्फबाट माबीका प्रधानाध्यापक ईद्रीश मिया, निमावी तर्फबाट मोजाहिर मिया, प्राबी तर्फबाट रामेस्वर पास्वान र सम्भु प्रसाद यादव लाई सम्मानित गरिएको थियो। यस्तै स्वास्थ तर्फबाट हफिज मिया, सुजित यादव लाई सम्मानित गरिएको थियो। प्राबिधिक तर्फ ईन्जिनियर सुमित साह र ईन्जिनियर अमित यादव लाई पनि सम्मानित गरिएको हो । सिअनमि मन्जु पान्डे र शिक्षा सहायकमा कृष्ण कुमारी चौरसिया लाई अध्यक्ष यादवले सम्मनित गरेका थिए । अध्यक्ष यादवले यसरी राम्रो काम गर्ने कर्मचारी को उच्च सम्मान गर्दा अझ अन्य कर्मचारीले पनि प्रभावकारी रुपले कार्य सम्पादन गर्ने र अर्को बर्ष त्यस्ता कर्मचारी लाई सम्मान गरिने बताए बारे सबै कर्मचारीको ध्यानाकर्षण गराएका थिए।

गाउँ सभाले आव २०८०/०८१ का लागि ३९ करोड ५० लाख ९१ हजार ६ सय ४० रुपैया को बजेट प्रस्तुत गरेको हो । सभामा पालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउ सभा सदस्यहरु, सम्पुर्ण शाखा प्रमुखहरु, सन्चारकर्मी एवम पार्टी प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम लाई प्रमुख प्रशासकिय अधिकृत पालले स्वागत गरेका थिए भने कार्यक्रम सन्चालन शिक्षा शाखा प्रमुख बिध्यानन्द यादवले गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer