bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७८ औं समूहको दीक्षान्त समारोह सम्पन्न ।

pokhariya Holi Notice

भरतपुर kभदौ २०
नेपाल प्रहरी शिक्षालय भरतपुरमा मिति २०७९ भदौ २० गतेदेखि सञ्चालित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७८ औं समूहको आज मिति २०८० असोज ०५ गते संगठन प्रमुख श्रद्देय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रमुख अतिथि श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षकज्यूले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरूलाई पुरस्कार वितरण गर्नुभई दीक्षान्त निर्देशन गर्नुभएको थियो ।
प्रमुख अतिथिज्यूले निर्देशनको क्रममा प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २६५ कार्यदिन अवधिको प्रशिक्षणबाट सफलता हाँसिल गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरूलाई हार्दिक बधाई ज्ञापन तथा नेपाल प्रहरी संगठनमा स्वागत समेत गर्नु हुँदै नेपाल प्रहरीको अधिकृत हुनुमा जति गर्व जोडिएको हुन्छ, त्यति नै चुनौतीहरू पनि गाँसिएर आउने कुरा बताउनु भएको थियो । प्रहरी सेवा केवल जागिर मात्रै नभइ एउटा जीवनशैली पनि रहेको र यस सेवामा हामीलाई हरघडी अथक प्रयास, पवित्र निष्ठा, अदम्य साहस र अविचलित समर्पणको आवश्यकता रहेको कुरा उल्लेख गर्नु हुँदै प्रहरीको नीलो वर्दीमा राज्यको कानुनी अधिकार गाँसिएको हुने र राज्यले प्रदान गरेको अधिकारलाई शक्तिको रूपमा नभई सदैव राज्यले सुम्पिएको जिम्मेवारीको रूपमा ग्रहण गर्न निर्देशन दिनुभएको थियो ।
नेपाल प्रहरीको एक जुनियर प्रहरी अधिकृत भएर कार्य क्षेत्रमा राज्यले सुम्पिएको अधिकारको प्रयोग गर्दा आफूले आर्जन गरेका ज्ञान र सीप सँगसँगै आफ्नो विवेकको पनि उच्चतम प्रयोग गर्न गर्दै संगठन प्रति बफादार सिपाहीको ब्रम्हले कहिल्यै पनि कसै प्रति अन्याय हुन वा गलत निर्णय लिन दिने छैन भन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
प्रहरीको कार्यक्षेत्रमा मानव अधिकार, लैंगिक संवेदनशीलता, जोखिममा रहेका वर्गहरुको संरक्षण तथा विधिको शासन जस्ता विषयहरूलाई सदैव शिरोधार्य र यी विषयहरूको पालनाले नै प्रहरीको व्यावसायिकता समेत झल्काउने कुरा जानकारी गराउनुभएको थियो । दीक्षित भएका महिला प्रहरी सहायक निरीक्षकहरूले कार्यक्षेत्रमा विशेष गरी लैंगिक संवेदनशीलताका विषय र मुद्दाहरूमा ठूलो योगदान पुर्‍याउने कुरामा विश्वास राख्दै कतिपय परिस्थितिहरूमा समाजमा अन्यायमा परेका महिलाहरूको भरोसाको स्तम्भको रूपमा प्रस्तुत र प्रहरी प्रशिक्षणको कठोरताले हृदय भित्रको मानवता र ममतालाई नमेटाउन समेत निर्देशित गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित र सफल तवरले सम्पन्न गर्न यस शिक्षालयका निर्देशक लगायत प्रशिक्षकवर्ग र समग्र शिक्षालय परिवारबाट भएको अथक मेहनतको प्रशंसा गर्दै प्रशिक्षण कार्यमा सहयोग पुर्‍याउनु हुने विभिन्न संघ, संस्था र श्रोत व्यक्तिहरु तथा आफ्ना सन्ततिलाई देश र जनताको निःस्वार्थ सेवामा समर्पित गराउन साहस देखाउनु हुने अभिभावकहरू प्रति आभार व्यक्त गर्नुभएको थियो ।
समारोहमा यस नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दुर्गा सिंहज्यूले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गर्नुभई प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण अतिथिज्यूहरूमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । यस शिक्षालयका निर्देशकज्यूले आफ्ना सन्ततिलाई नेपाल प्रहरी मार्फत जनताको सेवामा जनताको सेवामा समर्पित हुन मार्गदर्शन तथा प्रेरणा प्रदान गर्नुहुने आदरणीय अभिभावकज्यूहरूप्रति आभार प्रकट गर्नुहुँदै दीक्षित भई जाने प्रहरी अधिकृतहरूलाई विद्यमान कानुन अनुसार पदीय जिम्मेवारी बहन गर्न सक्षम, सीपयुक्त र दक्ष बनाई प्राप्त जिम्मेवारीहरू प्रभावकारीताकासाथ निर्वाह गर्न शारीरिक रूपमा स्फूर्त, मानसिक रूपमा सबल र कार्य सम्पादनमा व्यावसायिक तुल्याउन सञ्चालित यस तालिमलाई सफलतापूर्वक सञ्चालन गर्न आवश्यक निर्देशन, समन्वय र सहयोग गर्नुहुने तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, जिल्लास्थित विभिन्न निकायहरू लगायत प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै निर्देशकज्यूले विकास सँगसँगै परिवर्तन हुने सुरक्षा तथा अपराधका क्षेत्रहरूको पहिचान गरी समय सापेक्ष कार्यशैली अंगीकार गरी कानुनले निर्दिष्ट गरेको मार्गनिर्देशन अनुसार सबल, सुदृढ, व्यावसायिक, समावेशी र जनउत्तरदायी सुरक्षा निकायको रूपमा स्थापित हुन संगठनमा आबद्ध सम्पूर्ण प्रहरी कर्मचारीहरूको ज्ञान, सीप, क्षमता र मनोवृत्तिमा सकारात्मक परिवर्तन व्यावसायिक प्रशिक्षण मार्फत मात्र सम्भव हुने कुरा समेत उल्लेख गर्नुभएको थियो ।

समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाज्यूले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । महिला ५५ र पुरूष ३७१ गरी कुल ४२६ जना प्रशिक्षार्थीहरू दीक्षित यस प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७८ औं समूहमा सर्वप्रथम र शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक करण कुमार मण्डल, सर्वद्वितीय र महिला सर्वप्रथम प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक संगीता तामाङ, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक सरोज सुनुवार, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक ज्योती कुमारी तामाङ, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक मनिष गाहा, प्रहरी युक्ति तथा कारबाही बिधामा ओम प्रकाश डाँगी, चाँदमारी बिधामा प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक सोनु कुमार राम र अतिरिक्त क्रियाकलाप बिधामा प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक सुमित विरेन्द्र विश्वकर्मा भएका छन् ।

उक्त समारोहमा विशिष्ट अतिथि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सन्दिप भण्डारीज्यू, आमन्त्रित अतिथिहरुमा चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेब न्यौपानेज्यू, जिल्ला प्रशासन कार्यालय, चितवनका प्र.जि.अ. भुपेन्द्र थापाज्यू, बागमती प्रदेश प्रहरी कार्यालय हेटैडा, मकवानपुरका कार्यालय प्रमुख प्र.ना.म.नि. किरण राणाज्यू, राष्ट्रिय भूमी आयोग चितवन जिल्ला समितिका अध्यक्ष बद्री प्रसाद तिमिल्सिनाज्यू, जिल्ला स्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयहरूका कार्यालय प्रमुखहरु तथा सामाजिक जीवनमा प्रतिष्ठित महानुभावहरु, दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरूका अभिभावकहरुको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रमका केही झलकहरू……

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer