bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

लेखापढी कानुन व्यवसायी एसोसिएसनको जिल्ला भेला कार्यक्रम

pokhariya Holi Notice

कलैया, बारा।

लेखापढी कानुन व्यवसायी एसोसिएसनको जिल्ला भेला कार्यक्रम गरिएको हो। जिल्लामा तीन ठाउँमा यो संस्था विभाजित भएकोले अब नया संरचना अनुसार नयाँ तरिकाले कार्य गर्ने उद्देश्यले जिल्ला भेला गरिएको हो। यश संस्थाले जनमानसका भुमी सम्बन्धि लेखापढीको कार्यमा समन्वय गरी सहजता प्रदान गर्ने संस्थाको रुपमा रहेको छ। सोही उद्देश्यका लागि गठित संस्था विशुद्ध रूपमा सेवाग्राही लाई सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। कुनै प्रकारको अनियमितता संबंधित कारोबार बारे सचेत रहि गर्ने गराउने संस्था हो त्यसकारण सम्पुर्ण सेवाग्राहीमा यस्ता कुरा बाट ढुक्क रहन आग्रह गरेका छन्।

यश संस्थाका जिल्ला समन्वय समितिका संयोजक पन्नालाल प्रशाद कुशवाहाको अध्यक्षता तथा मालपोत तथा भुमिसुधारका कार्यालय प्रमुख राकेश गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो। नेपाल लेखापढी कानुन ब्यवसायी एशोसिएशन कलैया शाखाको सभा हलमा आयोजित भेलामा सर्वसम्मत रुपमा एशोसिएशनको जिल्ला समन्वय समिति चयन गरिएको हो।

प्रमुख मालपोत अधिकृत गिरिले लेखापढी ब्यवसायी पुर्ण रुपमा ईमान्दार भएर जनताको काम गर्नुपर्ने बताए । गिरिले आफू पनि मालपोत कार्यालयमा नया भएकोले तपाईहरु सङ्ग सिक्ने र आफुले जानेको सिकाउन आएको बताए । मुस्कान सहितको सेवा प्रवाह मेरो प्रथम चाहना भएको बताएका छन । नमिल्ने काम तपाईहरु नलिन आग्रह गर्दै गिरिले सेवाग्राही लाई बुझाएर पठाउन निर्देशन दिएका थिए। प्रमुख अतिथि गिरिले जिल्ला समन्वय समितिको कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्न सुझाव दिदै कार्यक्रम को सफलताको कामना गरेका थिए ।

कार्यक्रममा बोल्दै नव निर्वाचित एशोसिएशनका समन्वय समिती का अध्यक्ष पन्नालाल कुश्वाहाले जिम्मेवारी दिएकामा सबैलाई हार्दिक आभार ब्यक्त गर्दै जिम्मेवारी लाई पुर्ण ईमान्दार भएर काम गर्ने बताए । कुश्वाहाले आम जनताको मालपोत बिषयको हरेक समस्या समाधानमा आफ्नो भुमिका खेल्ने र बारा भित्रको तीन ईकाई (कलैया-सिमरौनगढ-सिमरा) बिच पुलको काम गर्दै सबैमा समन्वय सहजीकरणका लागि हर बखत लाग्ने बताएका छन।

कार्यक्रममा बोल्दै कलैया शाखा अध्यक्ष बृजकिशोर यादवले एतिहासिक रुपमा प्रथम समन्वय समितिको पदाधिकारीमा सबैलाई मिलाएर अगाडी बढिरहेको र जनताको सुलभ सेवा प्रवाहमा सबैको हातेमालो रहने बताए ।

अध्यक्षमा लेखापढी कानुन ब्यवसायी एसोसिएसन कलैयाका अध्यक्ष पदका प्रत्यासी समेत रहेका एसोसिएसनका बरिस्ठ सल्लाहकार पन्नालाल कुश्वाहा सर्वसम्मत रुपले चयन भएका छन। उपाध्यक्षमा सिमराका अजय यादव, सचिवमा आनन्द पटेल, सह सचिव अब्बास अन्सारी सिमरौनगढ, कोषाध्यक्ष अछेलाल यादव, सह-कोषाध्यक्ष अब्बास अन्सारी कलैया, जोखु यादव कलैया, रामपुकार साह कलैया, अजय साह कलवार सिमरौनगढ, सिमरा शाखा पछि तोक्ने, सुरेन्द्र यादव कलैया, दिगम्बर सिंह कलैया रहेका छन।

सभापतित्व मधेस प्रदेश समिती सदस्य जितनारायण पटेलको सभापतित्व एवम जिल्ला मालपोत कार्यालय बाराको प्रमुख मालपोत अधिकृत राजेश गिरिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथि कलैया शाखाका अध्यक्ष बृजकिशोर यादव, सिमरा शाखाका अध्यक्ष पवन पोखरेल, सिमरौनगढ शाखाका अध्यक्ष रामलाल यादव, कलैया शाखाका पुर्व अध्यक्ष दुर्गा साह कानु, पुर्व अध्यक्ष लक्षमण साह कानु, सत्यनारायण कुश्वाहा, कलैया उपमहानगरपालिकाका रामजी मण्डल, जसपा नेता कमलेश मन्डल, हरि जयस्वाल, ईश्वर साह कानु, घनश्याम साह, बिनोद महतो, शिव पुजन ठाकिर, दिनेश पटेल, प्रमानन्द पटेल, बिटन साह कानु, केशव यादव, उपेन्द्र पास्वान लगायत लेखापढी ब्यवसायीहरुको उपस्थिति रहेको थियो । लेखापढी कानुन ब्यवसायी एशोसिएशन कलैयाका सचिव दिनेश पटेलले स्वागत गरेको कार्यक्रममा सन्चालन बिरेन्द्र यादवले गरेका थिए ।

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer