विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

सामाजिक चेतनाकाे बिकास बिना भाैतिक पुर्वाधारकाे विकासकाे अर्थ नहुने : बिश्वकर्मा

1,599

Get real time updates directly on you device, subscribe now.

cin bigyapan
राज नारायण राम, कलैया ( बारा) ।।  सामाजिक चेतनाकाे बिकास बिना भाैतिक पुर्वाधारकाे विकासकाे अर्थ नहुने प्रदेश सभा सदस्य माननीय सुन्दर बिश्वकर्माले बताएका हुन । जब सम्म अाम समुदायकाे सामाजिक चेतनाकाे स्तरउन्नति हुदैन तब सम्म विकासले सकारात्मक प्रभाव पार्न नसक्ने उनकाे कथन थियाे । गाउमा सडक कालाे पत्र भएर गरिब तथा बिपन्न समुदायका व्यक्तिहरू जसलाई चपल किन्न धाैधाै पर्दछ उसकाे लागि कागकाे अगाडि बेल जस्तै हुन्छ ।
घामकाे तापले कालाेपत्रे सडककाे पिच पगलेपछि खालि खुट्टा भएकाहरूलाई झन समस्यामा पारिदिन्छ । यसका लागि मानवीय सशक्तिकरणकाे अावश्यकता रहेकाे बताए । सामाजमा बहिष्करणमा परेका दलित समुदायकाे अार्थिक, सामाजिक तथा राजनितिक सशक्तिकरण नभएकाे कारण नेपाल सरकारले बनाएकाे दलित मैत्री नीति तथा कानुनकाे सफल कार्यान्वयन हुन नसकेकाे बताउनु भयाे । प्रदेश सरकारले जनताअावास कार्यक्रमलाई धरासायी बनाउन खाेजेकाे समेत बताए ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १९ मा पालिकाकाे सहयाेग तथा नेपाल जनशक्ति सीप विकास तथा परामर्श केन्द्र, कलैया बाराकाे अायाेजनामा सम्पन्न दलित अधिकार अभिमुखीकरण कार्यक्रमलाई प्रमुख अतिथिकाे रुपमा सम्बाेधन गर्दै यस्ताे बताएका हुन । वडा अध्यक्ष सुधन दासकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि प्रदेश सभासदस्य माननीय सीता गुरुंग, दलित अगुवा महेश विश्वकर्मा, उमरावति देवी राम, लक्ष्मि राउत कुर्मी जादाेलाल राम लगायतले अाफ्ना मन्तब्य राखेका थिए ।
केन्द्रका जितेन्द्र ठाकुरले संचालन गरेकाे साे कार्यक्रममा दलित अगुवा एवम नेपाल जनशक्ति सीप विकास केन्द्रका कार्यक्रम संयाेजक राजनारायण रामले नेपालकाे संविधान २०७२ र दलित अधिकारकाे सवालमा कार्यपत्र प्रस्तुत गर्नु भएकाे थिए । रामले दलित मैत्री नीति, कार्यक्रम तथा कार्यान्वयनकाे अवस्थाकाे बारेमा समेत सहजिकरण गर्नु भएकाे थियाे । कानुन कार्यन्वयनमा दलित समुदायमा सशक्तिकरण नहुनु र कार्यान्वयन पक्ष प्रहरी, प्रशासनले मुद्धाहरूलाई बलप्रयाेग गरि मिलापत्रमा टुन्ग्याउने भएकाेले झन समस्या भएकाे बताए ।
उनले सरकारी तथा सार्बजनिक पदधारण गरेकाे व्यक्तीहरूले अाफ्ना सामाजिक जावाफदेहिता निर्वाह गर्न सके भेदभाव तथा अन्यायकाे अन्त्य हुने पक्का भएकाे बताए । जातिय भेदभाव तथा छुवाछुत मात्र दलित समुदायकाे सवाल नरहेकाे उनले दावि गरे । याे दलित तथा गैरदलित सबैकाे साझा सवाल रहेकाे बताए । मानविय विकासकाे सूचांककाे स्तर उन्नती गर्नका लागि गैरदलित नेतृत्वकर्ताहरू, शिक्षित तथा पढेलेखेका युवा जमातहरूलाई एकजुट भई लाग्नु पर्ने बताए ।
उनले सिम्राैनगढका गैरदलित युवाहरूले नै उमेश कुश्वाहाकाे नेतृत्वमा सामाजिक जवाफदेहिता निर्वाह गर्दै मन्दिर प्रवेशमा दलित समुदायलाई सफल बनाएकाे उदाहरण पनि प्रस्तुत गर्नु भएकाे थियाे । कार्यक्रममा ७५ जना महिला पुरुषहरूकाे सहभागिता रहेकाे थियाे ।
devatal gapa
baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.