bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

२०८४ काे चुनावमा एमालेले एकल बहुमतकाे सरकार बनाउँछ: एमालेको राष्ट्रिय अध्यक्ष ओलीको दाबी

pokhariya Holi Notice

 

शैलेश गुप्ता ५ मंसिर पोखरिया 

पर्सा

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ काे निर्वाचनमा एमालेकाे एकल बहुमतकाे सरकार बन्ने दाबी गरेका छन्।

 

मंगलबार पर्साकाे पाेखरियामा आयाेजित आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेले अहिले देशमा संगठन विस्तारकाे अभियान चलाइरहेकाे र २०८४ काे चुनावमा एमालेकाे एकल बहुमतकाे सरकार बन्ने दाबी गरे।उनले भने,`आउँदाे २०८४ चुनावमा एमालेलाई कुनैपनि शक्तिले हराउन नसक्ने गरी संगठनलाई मजबुत बनाइरहेका छाैं।हामी मिसन २०८४ मा लागेका छाैं।२०८४ काे चुनावमा देशभर एमालेकाे विजयपताका फहराउँछ। एमालेकाे एकल बहुमतकाे सरकार बन्ने निश्चित छ।´

 

पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले बाहेक कुनैपनि पार्टीले देशलाई समृद्ध बनाउन नसक्ने।देशलाई अहिलेकाे बेथिती र विसंगतीबाट बाहिर निकाल्न एमालेकाे सरकारकाे विकल्प नै नभएकाे जिकिरपनि उनले गरे।

 

छिमेकी मुलुकहरुसंग दबिएर हाेइन समान हैसियत बनाएर अगाडि बढ्ने नीतिमा एमाले नेतृत्वमा बन्ने सरकारकाे रहने उनले बताए।मुलुकमा अहिलेकाे गठबन्धनको सरकारका कारण चरम बेथिती,भ्रष्टाचार र आर्थिक मन्दी बढ्दै गएकाले यी सबैबाट देशलाई बाहिर निकाल्न मुलुकमा एमाले नेतृत्वको सरकार नै आवश्यक भएकाे उनले बताए।

 

दुर्गा प्रसाईंलाई नयाँ तत्वकाे सिखण्डीकाे संज्ञा दिदैं ओेलीले भने,अहिले देशमा केहि नयाँ तत्वहरु उफ्रिइरहेका छन् ।अहिलेकाे गठबन्धनको सरकारकाे बेथितीका कारण नै ती सिखण्डीलाई एमालेले गन्दापनि गन्दैन ।कुनै मतलबपनि राख्दैन।किनकी एमाले शीशाकाे गिलास हेइन जुन कतै ठाेक्कीयाे भने पिटिक्कै फुटी हाल्ने ।एमाले त्यस्ताे इस्पात हाे जुन घनले हान्दापनि टसमस हुदैन।त्यसैले अहिले उफ्रिइरहेका नयाँ सिखण्डीहरुकाे एमालेले मतलब नै राख्दैन।´

 

ओलीले भगवान रामकाे जन्मभूमी पर्साकाे ठाेरी नै भएकाे दाेहाेर्याए।उनले भने,`अहिले भारतले राम मन्दिर बनाइरहेकाे अयाेध्या भगवान रामकाे जन्मभूमी हुदैं हाेइन। किनकी अयाेध्या डेढ सय वर्षपहिलेसम्म फैजलावाद थियाे। वास्तविक राम जन्मभूमि त नेपालकाे ठाेरी हाे भन्ने कुरा धर्मशास्त्रमै उल्लेख छ।´

 

कार्यक्रममा पप्पु कन्ट्रक्सनका पुर्व सञ्चालक हरिनारायण राैनियार जसपा छाडेर एमालेमा गरे।

 

जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व सांसद रौनियारलाई अध्यक्ष ओलीले अबीर टीका लगाए।एमालेमा प्रवेश गराए ।

 

२०७४ काे निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राैनियारसंगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवी लगायत विभिन्न पार्टीका सयाैं नेताकार्यकर्ता पनि एमाले प्रवेश गरे ।

 

१ वर्षदेखि जसपामा निस्कृय रहेका केहिदिन अगाडी काठमाडौं पुगेर अध्यक्ष ओलीलाई भेटेका थिए । त्यही भेटमा एमालेमा प्रवेश गर्न तयार भएका राैनियार मंगलब आफ्नै क्षेत्रमा अध्यक्ष ओलीलाई बोलाएर एमालेमा प्रवेश गरेका हुन् ।

 

पार्टी प्रवेश कार्यक्रममा बाेल्दै पप्पु कन्ट्रक्सनका संस्थापक अध्यक्ष समेत रहेका राैनियारले जसपा र उसका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दा बिर्सिएर निजी स्वार्थमा लागेकाले आफुले जसपा परित्याग गरेकाे बताए।उनले एमाले अध्यक्ष केपी ओलीबाटै देशकाे विकास र समृद्धि सम्भव रहेकाले आफु एमाले प्रवेश गरेकाे बताए।

 

एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्माकाे अध्यक्षतामा आयाेजित कार्यक्रमलाई एमाले केन्द्रीय सचिव याेगेश भट्टराई ,रघुवीर महासेठ, पाेलिटब्युराे सदस्य पुरुषाेत्तम पाैडेल, ज्वाला साह, अच्युत मैनाली,केन्द्रीय सदस्यहरु अरविन्द सिंह, राजकुमार गुप्ता लगायतलेपनि सम्बाेधन गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer