bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सम्पत्ति सुरक्षा र सर्वसाधारण लाई सहजतामा सहयोग गर्न नेपाल लेखापढी कानुन ब्यवसायी

pokhariya Holi Notice

कलैया, बारा।

नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन ईकाई समिती कलैयाको ९ औ साधारणसभा जिल्ला मालपोत कार्यालयको प्राङ्गणमा गरिएको हो। जिल्ला अदालत बाराका प्रमुख न्यायाधीश पुर्णेस्वर उपाध्यायले प्रमुख अतिथिको आसन बाट लेखापढी कानुन ब्यवसायी एशोसिएशनका सबै सदस्यहरुको नाम अधावधिक गर्ने बताएका छन। साथै उनले नया परिचय पत्र समेत बितरण गर्ने बताएका छन । सर्वसाधारणको सम्पत्तिको सुरक्षा गर्नु भनेको आफ्नो-आफन्त र सारा नेपालिको सम्पती भएकाले श्रेस्तालाई बचाउनु पर्नेमा उपाध्यायले जोड दिए ।

कार्यक्रमका जिल्ला मालपोत कार्यालय बाराको प्रमुख मालपोत अधिकृत राजेश गिरिले लेखापढी ब्यवसायी पुर्ण रुपमा ईमान्दार भएर जनताको काम गर्नुपर्ने बताए । मुस्कान सहितको सेवा प्रवाह मेरो प्रथम चाहना भएको बताउदै अधिवेशनले सबैको साझा नेतृत्व चयन गर्न सुझाव दिए । नमिल्ने काम तपाईहरु नलिन आग्रह गर्दै गिरिले सेवाग्राही लाई सम्झाएर पठाउन लगाएको बताए । 

कार्यक्रममा बोल्दै कानुन ब्यवसायी एशोसिएशनका जिल्ला समन्वय समिती बाराका अध्यक्ष पन्नालाल कुश्वाहाले अधिवेशनको सफलताको कामनाका साथै आउने प्रतिनिधि पदाधिकारीले जिम्मेवारी लाई पुर्ण ईमान्दार भएर निर्वाह गर्नुपर्ने बताए । कुश्वाहाले आम जनताको मालपोत बिषयको हरेक समस्या समाधानमा हाम्रो भुमिका हुनुपर्नेमा जोड दिए । कार्यक्रममा जितनारायण पटेलले सुभकामना मन्तब्य दिएका थिए । 

कार्यक्रममा बोल्दै कलैया शाखा अध्यक्ष बृजकिशोर यादवले एतिहासिक रुपमा ९ औ साधारणसभा सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । अध्यक्ष यादवले आफुले सबैलाई मिलाएर अगाडी बढिरहेको र जनताको सुलभ सेवा प्रवाहमा सबैको हातेमालो रहेको बताए । यादवले आजै बन्द शत्र हुने र त्यहाबाट नया समिती चयन गर्न सर्वसम्मतिको प्रयास गरिने र सो नभए चुनावमा जाने जानकारी गराएका थिए । ७ सय ५८ जना कलैया ईकाईमा कानुन ब्यवसायी सदस्य रहेको र यी सबैलाई समान किसिमको ब्यवहार गरिदै आएको ईकाई समिती कलैयाका अध्यक्ष बृजकिशोर यादवले बताए ।

कार्यक्रममा बिशिस्ट अतिथी बारा उधोग बाणिज्य संघका उपाध्यक्ष दिपु गुप्ता,गोपाल सेवा समिती बाराका अध्यक्ष जङ्गबहादुर यादव,कलैया उपमहानगरपालिका वडा नम्बर ४ का पुर्व वडा अध्यक्ष जट्टाशन्कर सहनी, सिमरा ईकाईका अध्यक्ष पवन पोखरेल, सिमरौनगढ ईकाई अध्यक्ष रामलाल यादव, लेखापढी कानुन ब्यवसायी एशोसिएशन कलैयाका सचिव दिनेश पटेलले सन्चालन गरेको कार्यक्रममा स्वागत बिरेन्द्र यादवले गरेका थिए। बन्द शत्रमा सहमति गरेर यहि कार्यसमिति लाई दोहोर्याउने नभए चुनाव गरिने बुझिएको छ । सहमती नभए ईकाई कलैयाका बर्तमान अध्यक्ष बृजकिशोर यादव र लेखापढी कानुन ब्यवसायी एशोसिएशनका मधेस प्रदेश सदस्य जितनारायण पटेल बिचको प्यानल सहित चुनावि प्रतिस्पर्धा हुने समन्वय समितिका अध्यक्ष पन्नालाल कुश्वाहाले जानकारी गराएका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer