bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

तिलावेपुल नजिक प्रहरीको कूटाईले ई रिक्सा चालक साह घाइते

pokhariya Holi Notice

 

पर्सा

 

तिलावेपुल नजिक प्रहरीकाे कूटाईले ई रिक्सा चालक साह घाइते भएका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १९ तिलावेपुल नजिक शनिबार विहान प्रहरीकाे कुटपिटबाट एक ई रिक्सा चालक घाइते भएका छन् ।

 

बिन्दवासिनी प्रहरी चाैकीका प्रहरी जवान काैशल चौधरी कुटपिटबाट पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका २८ बर्षिय ई रिक्सा चालक रंजन साह घाइते भएका हुन् । तिलावे पुल नजिक उनले चलाएकाे ई रिक्सा राेकेर प्रहरी जवान चाैधरीले ई रिक्सा चालक साहलाई कुटपिट गरेकाे भिडियाे अहिले समाजिक संजाल फेसबुकमा भाइरल भइरहेकाे छ ।

 

साे भिडियाेमा ई रिक्सा चालककाे टाउकाेबाट रगत खसी रहँदा पनि प्रहरी जवान चाैधरीले ठूलाे अपराधि सरह उनकाे कालर समातेर लगेकाे देखिन्छ । याे प्रहरीकाे ददागिरी भएकाे भन्दै समाजिक संजालमा प्रहरीकाे आलाेचना समेत भइरहेकाे छ ।

 

घटना बारे पता लगाउँदा पाेखरियाबाट वीरगंज तर्फ आइरहेकाे मधेश प्रदेश ०३-००२ ख १८२२ नम्बरकाे ई रिक्सा लाेडर तिलावे पुल नजिक डियुटीमा खटेकाे प्रहरी जवान चाैधरीले राेक्नकाे लागि सिटी बजाएका थिए । प्रहरीकाे सिटी सुनेर पछाडी हेर्दा प्रहरी जवान चाैधरी अर्कै तर्फ फर्केकाे हेरर ई रिक्सा अगाडी बढाउँदै हिडेका थिए ।

 

त्यसपछि डियुटीमा खटेकाे प्रहरी जवान चाैधरी पछाडीबाट आएकाे बसमा चढेर तिलावे पुल पारि तेल टंयाकी नजिक पुगेकाे साे ई रिक्सालाई राेकी तिमी किन ई रिक्सा नराेकेकाे भन्दै अपशब्द प्रयाेग गर्नुकाे साथै कुटपिट गरेका हुन् ।

 

घटना बारे आफुले जिल्ला प्रहरी कार्यालयमा जाेहेर गरिसकेकाे वताउँदै सम्बन्धित प्रहरीसंग स्पष्टिकरण साेधिने इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केशीले वताए । गल्ती गरेकाे देखिए कारवाही हुने प्रहरी निरिक्षक केशीले वताए ।

 

 

 

 

 

 

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer