विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

गढिमाइ सेवा समिति (ट्रष्ट) को मंच मै भेदन तथा श्राप

1,526

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

प्रभु यादव, बारा, जेष्ठ ११ ।।  गढिमाइ सेवा समितिको बारेमा मन्चमै भेदन गरिएको छ। ट्रष्टको बारेमा आफ्नो शुभकामना तथा धारणा राख्ने क्रममा विभिन्न सभासदहरुले नै भइ रहेको राजनीतिक चलखेल तथा भ्रष्टाचारी बारे संका गर्दै विभिन्न प्रकारका अपभ्रंस शब्द प्रयोग गरिएका थिए। प्रदेश सभा सदस्य पारस साह, तथा रमेश यादवले एउटै खाले आ-आफ्नो अभिव्यक्ति दियेका थिए।

Thank you for reading this post, don't forget to subscribe!

यादवले भने मंचमा उपस्थित भएर पनि मंच चोडी नेपाली काङ्ग्रेस का पुर्व राज्य मंन्त्री कलावती पास्वान, तथा अन्य नेपाली काङ्ग्रेसका नेता हरुले जानू भनेको केही न केही अवस्यनै कुनै त्रुटि रहेको कुरा लाइ औल्याउँदै भने गढिमाइको बिकासमा कसैले यदि कुनै किसिमका त्रुटि गरे भने , गढिमाइले उनलाइ नछोड्ने सचेत गराएका थिए। जोकोहिले यस्मा बय्मानी वा कमिसनको लोभ गरे “गढी माइ बाट धोखा दिए निर्धन नत्र कुष्टरोगी” हुने श्राप दिएका थिए। विश्व प्रशिद्ध धार्मिक एवं एतिहासिक स्थलको विकास गर्ने सोच हुनु पर्नेमा ठिक उल्टो बिनास गर्ने सोचले राजनीतिकरन गरि बारा जिल्लाकै नाम गुमाउने तरखरमा लागेको असन्तुष्ट पक्षहरूले आफ्नो धर्ना राखेका छन।

असन्तुष्ट पक्ष मध्ये पुर्व राज्य मन्त्री कलावती पास्वान पनि हुन, पास्वानले भने प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकार मिलि कुनै विकासको कार्य गर्ने भए तापनि प्रदेश सरकारले स्थानीय सरकारलाई लत्याएर अगाडी बढी रहेको आरोप लगाइन । स्थानीय सरकार लाई कुनै जानकारी नगराइ एकलौटी रुपले आसेपासे तथा आफ्नो राजपाका कार्यकर्ताहरु लाई मात्र जानकारी गराइ विकासका रकम हिनामिना गर्ने उदेश्यले मात्र एउटा चिठी समेत नपठाएको आरोप लगाइन। ट्रष्टमा ९ हजार चार सय सदस्यरहे तापनि २०० देखि २५० जना सद्स्य पनि नरहेकोमा कसरी सधारण सभा गरिरहेका छ्न केयो माय हुने हो भन्ने प्रश्न गरेका छन। आफ्नै पार्टीका कार्यकर्ता बाट मंच रंगिन गरि भव्यताका साथ सधारण सभा भएको देखावा मात्र गरेको आरोप समेत पास्वानको रहेको छ।

मुख्य मन्त्री राउत

प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउतले गढीमाई र सिम्रौनगढको विकास गर्न लाई कुनै कसर बाकी नराखी अगाडी बढ्ने घोषणा गर्नुभएको छ । बाराको गढीमाई मन्दिर संचालन तथा विकास समितिको चौथो साधारणसभाको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्राधिकरण बनाएर दुवै स्थललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने धारणा राख्नुुभयो । दुवै स्थलको विकासका लागि प्रदेश सरकार गंभिर छ, उहाँले भन्नुुभयो गढीमाई र सिम्रौनगढलाई विश्वमा चिनाउने गरी काम हुन्छ ।

devatal gapa

सबैभन्दा बढी प्रदान हुने स्थलमध्ये एक गढीमाई र ऐतिहासिक सिम्रौनगढ राज्यबाट उपेक्षित हुुँदा धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुन नसकेको उहाँले दावी गर्नुुभयो । गढीमाई मेलामा लाखौको संख्यामा श्रद्धालुु भक्तजन आउने गरेपनि मेला व्यवस्थापन हुन नसक्दा श्रद्धालुुलाई समस्या हुुँदै आएको उहाँले थप्नु भयो । यसै वर्षमा आयोजना हुन लागेको गढीमाईको मेला व्यवस्थापनका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने मुख्यमन्त्री राउतले बताउनुुभयो । मेलामा शौचालय, खानेपानी लगायतको व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने उहाँले थप्नुुभयो ।

मन्त्री सोनल

रामचन्द्र साहको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन सत्रमा भौतिक पुर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले गढीमाई र सिम्रौनगढको विकास गर्न प्रदेश सरकार तयार रहेको बताउनुुभयो । प्रदेश सरकारको सहयोगमा गढीमाईमा ७ करोड ६० लाखको विवाहमण्डप र धर्मशाला शिलान्यास भएको दिन देखि २६ महिला सम्ममा निर्माण जसरी भए पनि निर्माण हुने जानकरी दिनुुए । विकास निर्माणको काममा राजनीति नगर्नको लागि आग्रह गर्दै मन्त्री सोनलले प्रदेश सरकार सबैसित सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुुभयो । सो अवसरमा समाजवादी पार्टी नेपालका महासचिव एवम् प्रतिनिधिसभा सदस्य रामसहाय यादवले अरु जस्तै भाषन नगरी भोजपुरी भाषा लाई संरक्षण र मानयता दिदै भोजपुरी भाषामै आफ्नो धारणा राखेका थिए। गढीमाई र सिम्रौनगढको विकास कार्य अगाडी बढिसकेको बताउनुुभयो । दुवै स्थलको विकासमा संघीय र प्रदेश सरकार गंभिर रहेको उहाँले थप्नुुभयो ।

उद्घोषण कस्तो ?

ट्र्ष्टका मोतीलाल कुशवाहाले उद्घोषण गर्दा उद्घोषकको भुमिका, तर्क नगरी बोलेका बक्ताहरुको धारणा बारे पुनर ध्यान केन्द्रित गर्नु तर कुशवाहाले बक्ताहरुको तर्क गर्ने गरेका थिए भन्ने बारेमा असन्तुष्ट पक्षले भने भइ रहेका चलखेलका उनले एक छुट्टै किसिमका भुमिकापात्र भएकोले तर्क दिने गरेका हुन।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.