विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

सेन्टजोसेफलाई वेष्ट इन्फास्ट्रकचर अवार्ड

0 849

Get real time updates directly on you device, subscribe now.

cin bigyapan
देवताल psa

विराटनगर । विज्ञान प्रविधीमा र विद्यालयको निर्माणकार्य विद्यार्थी मैत्री भएको भन्दै विराटनगरका पुराना विद्यालयहरु मध्येका एक सेन्टजोसेफ उच्च माध्यमिक विद्यालयलाई वेष्ट इन्फास्ट्रकचर अवार्ड २०१९ ले सम्मानित भएको छ ।
विश्व भरीका ९ हजार ६ सय ७३ विद्यालयहरुले अनलाई फारम भरी सो अवार्डका लागि दावेदारी दिएका थिए । त्यस मध्ये नेपालका ७७ वटा विद्यालयले सहभागीता जनाएका थिए । ७७ वटा विद्यालय मध्ये ३ वडा विद्यालयले अवार्ड पाउन सफल भएका छन् । जम्मा २० वटा विधामा दिएको अवार्ड मध्ये तीनवटा अवार्ड नेपालले जितेका छन् । अन्य १७ वटा अन्य मुलुकले जेतेका छन् ।
विराटनगरमा सेन्टजोसेफल उच्च माध्यमिक विद्यालयले पत्रकार सम्मेल गरी प्रदेश नं. १ वाट सो अवार्ड पाएको जानकारी गराएका थिए । सेन्टजोसेफ उच्च माध्यमिक विद्यालयले विज्ञान प्रविधि तथा विद्यालयको वातावरण, पढाईको स्तर, पढाईमा प्रयोग भएको सामग्री, विद्यायलको विद्यार्थी मैत्री भएकोले सो अवार्ड हात पार्न सफल भएको विद्यालयका निर्देशक रोहित जंग थपलियाले जानकारी गराएका थिए ।
उक्त अवार्ड चितकारा विश्व विद्यालय पंजावमा भएको भव्य कार्यक्रम विच सो सम्मन प्राप्त गरेका थिए ।
सेन्टजोसेफ उच्च माध्यमिक विद्यालयको स्थापन २०३४ सालमा भएको थियो । अहिले कारी सो विद्यालयमा १५ सय विद्यार्थी अध्ययन गरी रहेका छन् । सो विद्यालयमा साईन्स, मेनेजमेण्ट र होट मेनेजमेन्टको अध्ययन अध्यापन भई रहेको छ ।
अन्तराष्ट्रिय स्तरको अवार्ड पाउने प्रदेशन नं. १ को एक मात्र उच्च माध्यमिक विद्यालय भएकोले सेन्टजोसेफ उच्च माध्यमिक विद्यालय भएकोले प्रदेश नं. १ को गौरवको विषय भएको थपलियाले वताए । सो अवार्ड आइएसए ग्लोवलले प्रदान गरेका हुन ।

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.