bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

वीरगन्जको एसिययन डिष्टिलरी उद्योगमा कार्यरत कर्मचारी र मजदुर आन्दोलित

pokhariya Holi Notice

बीरगंज, ३१ असार  — बीरगंजको एसियन डिस्टीलरी प्राइवेट लिमिटेडको गेट अगाडी कर्मचारीहरु मंगलवार बिहान ९ बजेदेखि धर्नामा बसेका छन् ।

बीरगंज महानगरपालिका वडा न. २४ रामगढवामा अवस्थित एसियन डिस्टीलरी प्राइवेट लिमीटेडमा २४७ जना मजदुर कार्यरत रहेकोमा १ सय ९७ जनालाई कम्पनिले हटाएपछि मजदुरहरु आन्दोलित भएका हुन् । मजदुरहरुका अनुसार कम्पनिलाई घाटामा देखाएर कर्मचारी हटाउन खोजिएको तथा हटाइएका कर्मचारीलाई राहतको लागि उचित क्षतिपुर्ति तथा व्यावस्थापन गर्नेतिर कम्पनि ले कुनै ध्यान नदिइएको आरोप लगाएका छन् ।

अखिल औद्योगिक मजदृर संघ एसियन डिस्टिलरी एकाइ अध्यक्ष अजयप्रसाद कुर्मीका अनुसार कम्पनिले यथाशिघ्र कर्मचारीलाई काममा नफर्काए कम्पनिको कामकाज ठप्प गर्नका साथ कडा रुपमा आन्दोलनमा उत्रिने चेतावनि दिएका छन् । हटाइएका कर्मचारीहरु मध्ये अधिकांश स्थाइ कर्मचारी रहेको बताउँदै कुर्मीले कर्मचारी प्रशासनले आफ्ना आसेपासेलाई नहटाई सोझा साझा मेहनती, इमान्दार कर्मचारीहरुलाई झुठा लाल्छनाहरु लगाई हटाएको बताएका छन् ।

कर्मचारीहरुले कम्पनिको मुल गेट मै धर्ना दिएका छन् । यस भन्दा पहिला समस्या समाधानका लागि २ पटक सम्म बार्ता गरिएको भएपनि बार्ता निस्कर्षबिहित भएपछि कर्मचारीहरु आन्दोलित भएका छन् ।

यस बिषयमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले श्रम कार्यालयलाई चिठि पठाइसकिएको र दुबै पक्षबिच छलफल गरेर समस्याको चाँडै समाधान गरिने बताउनुभएको छ । साथै उहाँले कम्पनिमा सुरक्षा व्यवस्थाका लागि प्रहरी समक्ष पनि पत्र पठाइएको जानकारी दिनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer