bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

मोटरसाइकल चोरी गरि नयाँ बनाई बेच्ने गिरोहका ३ चोर प्रहरीको खोरमा

मोटरसाइकल चोरी गरि नयाँ बनाई बेच्ने गिरोहका ३ चोर प्रहरीको खोरमा

pokhariya Holi Notice

अमित ठाकुर, रौतहट ।।

रौतहटका दक्षिणी भेगमा प्रहरी निरीक्षक पप्पु नायक सिंघम स्टाईलमा उत्रिए पछि मोटरसाइकल चोरहरु दक्षिणी भेगमा चोरी बन्द गरि उत्तरी भेगबाट मोटरसाइकल चोरी गर्ने कार्य तीब्र बढाएको थियो। रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नंबर ४ स्थितबाट करिब २ बजे राती ना ४६ प २२८२ नंबरको २२० सि.सि पल्सर मोटरसाईकल चोरी भएको थियो। चोरहरुको गिरोहले मोटरसाइकल चोरी गरेको खबर जिल्ला प्रहरी कार्यालय रौतहटमा पुग्न साथ प्रहरी निरीक्षक नायकको कमाण्डमा सि.अई.टी टोलीर ईलाका प्रहरी कार्यालय बाराको कोहल्वीका टोलीको संयुक्त टोलीले चोरहरुका गिरोहका ३ चोरलाई पक्राउ गरेमा छन्।

चोर गिरोहका ३ चोरहरु रौतहटको विभिन्न ठाउँबाट विभिन्न मितिमा मोटरसाइकल चोरी गरेको अनुसन्धानबाट खुलेका छन्।पक्राउ परेका चोरहरु बारा जिल्ला स्थित कोहल्वी नगरपालिका वडा नंबर ९ श्रीपुर स्थित रहेको मोटरसाइकल ग्यारेजमा चोरी गरेको मोटरसाइकलको पार्टपुर्जा अदलीबदली गरेको अवस्थामा रौतहट जिल्लाको फतुवाबिजयपुर नगरपालिका वडा नंबर ११ का १९ बर्षीय कमल चौधरी,२३ बर्षीय अरुण चौधरी , २७ बर्षीय अकिलेश चौधरी पक्राउ परेको प्रहरी निरीक्षक नायकले जनाएको छ।

रौतहटमा प्रहरी निरीक्षक नायक सिंघम स्टाईलमा अाएपछि तस्कर ,चोरहरुमा खैलाबैला मचेका छन्। पछिल्लो समयमा रौतहटको गौर नगरपालिमा हप्ता नबित्दै मोटरसाइकल चोरी हुदैथ्यो तर अहिलेको समयमा गौर सहितको छेउछाउमा मोटरसाइकल चोरी बन्द भई उत्री भेगमा बढेका छन्।पक्राउ परेका चोरहरुको अनुसन्धान गर्दा असार ०९ गते चन्द्रपुर नगरपालिका वडा नंबर ४ स्थितबाट ना ६२ प ९४९० नंबरको २२० सि.सि रातो र कालो रंगको मोटरसाइकल चोरी गरेको थियो।

गत २९ गते सोही स्थानबाट ना २३-००१ प ४२४० नंबरको १५० सि.सि पल्सर मोटरसाइकल चोरी गरेको थियो भने गत ३१ गते मौलापुर नगरपालिका वडा नंबर ५ स्थित ईन्द्रधनुष पेट्रोलपम्प नजिकबाट BR 30 U 6606 नंबरको १५० सि.सि पल्सर चोरी गरेको प्रहरी निरीक्षक नायकले जनाएको छ। भने अहिले सम्म एउटा मोटरसाइकल मात्र फेला परेका छन्। अन्य मोटरसाइकल खोजी भईरहेका छन्। रौतहट प्रहरीको अहिलेको कार्य गर्ने तरिका हेर्दा गैरकानुनी कार्य गर्ने ब्यक्तिलाई खुल्ला नछाड्ने एक बासिन्दाले जनाएको छ। प्रहरी उपरीक्षक भुपेन्द्र खत्री र लगनशील प्रहरी निरीक्षक नायक अाएपछि जिल्लामा गैरकानुनी कार्य गर्नेहरुमा खैलाबैला मचेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer