bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बारा र रौतहट लाई जोड्न कलभर्टको शिलान्यास

pokhariya Holi Notice

सिम्रौनगढ, बारा ।।

सिम्रौनगढ नगरपालिकामा कलभर्टको शिलान्यास गरिएको छ। सिम्रौनगढ नगरपालिका वाडा न. ८ कचोरवामा अडुवा खोलामा कल्भर्टको शिलान्यास गरिएको छ। रौतहट र बारा जिल्ला लाई जोड्ने अडुवा खोलाले बारा र रौतहटका जन्तालाइ आवतजावतमा सहज हुने उदेश्यले उक्त कलहर्टको शिलान्यास गरिएको सिम्रौनगढ नगर प्रमुख बिजय शंकर यादवले बताए ।

सिडिपिले बिगतका दिनमा पनि ग्रामीण भेगमा जनताको आहज हुने खालको विभिन्न समाजिक कार्य गर्दै आएकोले एउटा छुट्टै किसिमका योगदान गर्दै आएको नगर प्रमुख यादवले बताए। नगर प्रमुख यादवका अनुसार सिडिपिले बिगतका दिनमा जनता संग सरोकार राख्ने वाडा कार्यालयको भवन, स्वास्थ चौकी, चापाकल, प्रसुती गृह, सिचाइको बांध, स्कुलको भवन लगायतका कुराहरुमा सहयोग गरि विभिन्न स्थानीय निकाय लाई असाध्यै सहयोग गर्दै आएकोले सिडिपी प्रमुख बिपिन दास लाई धन्यवाद दिएका थिए।

सिम्रौनगढ नगरपालिका वाडा न. ८ कचोरवा साविक गाविस कचोरवा वाडा न. ३ रौतहटको बोर्डरमा पर्ने भएकोले रौतहट र बाराका जनतालाइ यातायातमा सहज हुनुको साथै किसान हरुलाइ पनि कृषि जन्य उत्पादित सामग्री हरु सहज रुपमा रौतहटको बजार सम्म पुर्याउन सजिलो हुने भएकोले उक्त कलभर्टको अतिआवस्यक भएको देखेर कलभर्ट निर्माण गर्न लागेको सिडिपिका बारा प्रमुख बिपिन दासले बताएका हुन।

कलभर्ट निर्माण समितिका अध्यक्ष कृष्ण देव जैसवालका अनुसार कचोर्वाको पुर्व दिशामा रहेको अडुवा खोलामा कल्भर्ट निर्माण हुन लागदा बारा लगायत रौतहटका जनता पनि अत्यन्त खुशी भएका छन । उक्त कलभर्ट २२ लाख १९ हजार ५३८/- को लागतमा निर्माण भैरहेको सिडिपी प्रमुख दासले बताए। दासका अनुसार नगर बाट ३ लाख ५० हजार ३७० तीन सय सतरी र सिडिपी बाट १८ लाख ६९ (उनान्सत्तरी) हजार १६८ को सहयोगमा कलभर्ट निर्माण भैरहेको छ।

शिलान्यास कार्यक्रममा नगर प्रशासकीय अधिकृत विश्व राज मरासिनीका अनुसार सिडिपी ले नगरलाइ राम्रो सहयोग र सहकार्य गरेको बताए । कार्यक्रममा नगरका तथा बारा र रौतहटका स्थानीयहरुको घुइँचो लागेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer