bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पूर्वी नवलपरासीका तीन छुट्टा–छुट्टै स्थानमा भएको दुर्घटनामा ६ जनाको मृत्यु

pokhariya Holi Notice

पूर्वी नवलपरासीका तीन छुट्टा–छुट्टै स्थानमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । २३ जना घाइते छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणढ–बुटवल सडकखण्डको कावासोती नगरपालिकास्थित खरकट्टा जंगलमा सोमबार राति कार र ट्रक एकापसमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ ।मृतक सबै कारमा सवार यात्री रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

सो दुर्घटनामा परी मृत्यु हुनेहरुमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ का दीपक बिक, देवचुली–५ का डिलबहादुर ढेंगामगर र कैलालीको धनगढीका सुरज रानामगर रहेको प्रहरीले जनाएको छ । अरु दुईजनाको सनाखत हुन सकेको छैन ।

नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु१ख ८५३२ नम्बरको ट्रकसित कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको बा२१च ६४०९ नम्बरको कार ठोक्किएको थियो ।ट्रक र ट्रकका चालक प्रहरी नियन्त्रणमा छन् ।यस्तै, मध्यविन्दु नगरपालिकाको अरुणखोला जंगलमा सोमबार राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
दाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना७ख ८६४२ नम्बरको यात्रीवहाक बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक मकवानपुरको हेटौंडाका ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुघटनामा १६ जना घाइते भएका छन्

त्यस्तै, बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ९५१० नम्बरको यात्रुवहाक बस मंगलबार बिहान चोरमारा–अरुणखोला सडकको ४० किलो भन्ने स्थानमा दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer