विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
BDSN 2

गुल्मीमा खोला तर्ने क्रममा दुई जना बेपत्ता,एक जनाको उद्धार

cin bigyapan


गुल्मीमा खोला तर्ने क्रममा दुई जना बेपत्ता भएका छन् ।

आदर्श कोतवाल स्वास्थ्य

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–५ अन्तर्गत दोभान छल्दीमा खोला तर्ने क्रममा दुई जना बेपत्ता भएका हुन । खोला तर्ने क्रममा डुबेका तीन जनामध्ये एक जना बालकको सकुशल उद्धार गरिएको छ । खोला तर्ने क्रममा डुबेका ७ वर्षीय किसान विकलाई माछा मार्न गएका स्थानीयहरुले तत्काल उद्धार गर्न सफल भएका थिए भने उनीसँगै गएका २१ वर्षीय जीवन विक र ५ वर्षीया गरिमा विक अझै बेपत्ता छन् । खोलामा डुबेकाहरुको स्थानीयवासी र सुरक्षाकर्मीहरुद्वारा खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र सिंह खड्काले जानकारी दिनु भयो । थप बिवरण आउन बाकी छ ।

baragadhi
Karaiya Mai

Leave A Reply

Your email address will not be published.