bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

घोषित मितिमा महाधिवेशन हुने सम्भावना न्यून- डा. कोइराला

घोषित मितिमा महाधिवेशन हुने सम्भावना न्यून- डा. कोइराला

pokhariya Holi Notice

उषा सरदार,बिराटनगर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बहुमतबाट घोषणा गरेको मितिमा महाधिवेशन सम्पन्न हुने सम्भावना न्यून रहेको बताउनु भएको छ।
सोमबार बिराटनगरमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले २०७७ मंसिर भित्र महाधिवेशनको मिति तोके पनि घोषित मितिमा महाधिवेशन सम्भव हुदैन ।यदि भयो भने कार्यकर्ताहरु बिच तिक्तताहरु बढेर जाने बताउनु भएको छ। उहाँले महाधिवेशनको समय लम्ब्याउनु भन्दा पनि सबैको सहमतिमा तोकेकै मितिमा अगामी मंसिरमा महाधिवेशन हुनुपर्छ त्यसका लागि सबैलाई समेटेर लानुपर्ने बताउनु भयो। सधै सहमतिबाट महाधिवेशनको मिति घोषणा हुँदै आईरहेको बेला पार्टीमा बहुमतबाट महाधिवेशनको मिति घोषणा भएको यो पहिलो पल्ट हो। उहाँले मंसिर ९ गतेदेखि पुस १५ भित्र देशभरिका वडा ,जिल्ला र प्रदेशको अधिवेशन हुँदा कार्यकर्ता बिच व्यापक असन्तुष्टि उत्पन्न हुने र यसको असर स्थानीय तहको निर्वाचनमा समेत पर्ने र पार्टीले ठुलो घाटा व्यहोर्नुपर्ने बताउनु भयो।कोइरालाले हामी सबै एउटै पार्टीमा भएकोले मिलेर जानू पर्ने भन्दै कोइरालाले पार्टीलाई एक ढिक्का नबनाएसम्म राजनीतिक विश्राम नलिने घोषणा गर्नु भएको छ। उहाँले अहिले सरकार छ छैन खोजने बेला आएको बताउनु भयो।सरकारले जनतालाई सुशासन कायम गराउने तर्फ ध्यान जानू आवश्यक रहेको बताउनु भयो। वर्तमान सरकार र न्यायपालिका एक ठाँउमा मिलेको आभास भइरहेको बताउनु भयो।उहाले यो सरकार एकलौटी शासन व्यवस्थामा जान खोजेको आरोप लगाउनु भएको छ। राष्ट्रपति संविधान भन्दा बाहिर गएर कार्यकारीको अधिकार खोजन लागेको छ ।पछिल्लो समय राष्ट्रपति सक्रियताले देशमा ठुलो अनिष्ट निम्तिन सकने बताउनु भयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer