विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

जितसँगै तीन खेलकाे सिरिज अफगानिस्तानले आफ्नो पक्षमा पारे

487

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

काठमाण्डौ //  जितसँगै तीन खेलकाे सिरिज अफगानिस्तानले आफ्नो पक्षमा पारेको छ । अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेटमा धेरै कीर्तिमान बनेको खेलमा अफगानिस्तानले आयरल्याण्डलाई ८४ रनले पराजित गरेको छ । 

Thank you for reading this post, don't forget to subscribe!

शनिबार देहरादुनस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय ७८ रन बनायो । यो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक स्कोर हो ।अफगानिस्तानका लागि हज्रतुल्लाह जाजाई र उस्मान घानीले पहिलो विकेटका लागि २३६ रनको साझेदारी गरे । यो अर्को कीर्तिमान हो भने जाजाईले ६२ बलमा ११ चौका र १६ छक्काको सहयोगमा अविजित १६२ रनको सानदार पारी खेले ।

devatal gapa

यो रन अष्ट्रेलियाका अरोन फिन्चको नाममा रहेको सर्बाधिक रनको कीर्तिमानभन्दा १० रन कम हो । गएको वर्षको जुलाइमा जिम्बाबेबिरुद्ध फिन्च र डिआर्कीले बनाएको पहिलो विकेटको २२३ रनको कीर्तिमान भने तोडिएको हो । अफगानिस्तानका लागि घानीले ७३ रन बनाएका थिए । उनले ४८ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।

२७९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १९४ रनमात्र बनाउन सक्यो । कप्तान पाउल स्टर्लिङ र केभिन ओब्रायनले पहिलो विकेटका लागि ११.५ ओभरमा १२६ रनको साझेदारी गरेर टिमको आशा जगाएका थिए ।

तर, १२औं ओभरपछि बलिङमा आएका रशिद खानले आफ्नो चार ओभरको स्पेलमा २५ रन खर्चेर ४ विकेट लिएपछि आयरल्याण्ड सुस्तायो र ८४ रनको हार बेहोर्यो । यो जितसँगै अफगानिस्तानले तीन खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ । पहिलो खेलमा अफगानिस्तान ४ रनले विजयी भएको थियो ,।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.