Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

असोज ३ कालो दिन, अधुरो संबिधान हाम्रो मांग राखी पुरागर : डा. अन्सारी

प्रशौनी छठ ०२२
0 608
cin bigyapan
फेटा छठ ०२२

सिम्रौनगढ, बार।

पचरौता छठ ०२२

सबिधान जारि भएको पाचौं वर्ष हुन लाको बेला सम्म मधेशी दलले आफ्नो मांग बारे नेपाला सरकार लाइ घचघच्याई रहदा पनि कुनै वास्ता नगरेको भन्दै संबिधान दिवसको दिन लाइ कालो दिन मनाउदै आएका छन्। संबिधान जारि हुने दिन मधेशमा नेपाल सरकारले मधेशी जनता लाइ गोलि हानि हत्या गरेकोले पनि उक्त दिन लाइ कालोदिन मनाउने गरेको मधेशी दलका नेताहरुको धारणा रहेकोछ। सोहि अनुरुप २०७२ असोज ३ गते लाइ हरेक वर्ष असोज ३ गतेलाइ कालो दिन मनाउदै आएका छन्।

प्रमुख अतिथिको आशन  बाट लोसपा नेपालका केन्द्रिय सदस्य डा.कमरुल्लाह अंसारीले कालो दिनको कोण सभामा नेपाली काङ्ग्रेस, एमाले र मावोवादि पार्टी लाई इगित गर्दै नगर, जिल्ला तथा देशको बारेमा नेपाल सरकार माथि विभिन्न आरोप लगाए। नेता डा. अंसारीले नगरमा विकास नभएको वा भ्रष्टाचार भएको कुनै ठुलो कुरा नरहेको वताए। किनकि कांग्रेस तथा कम्युनिष्ट पार्टीले सर्वसाधारण कसरि अशिक्षित, कमजोर, गरिबीको रेखामा रहन्छ त्यसैको राजनीत गरेकोले मात्र नभएर आफ्नो गोजीको बिकास कसरि हुन् सक्छ त्यसमा मात्र निहित रही हरेक कार्य गर्ने गरेको इतिहास रहेको बताए।

cin bigyapan

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सिम्रौनगढ नगर समिति द्वारा सिम्रौनगढको रानीवास चौक बाट बिरोध रर्यालीसुरु भएर बजार परिक्रमा गर्दै कंकाली मन्दिर नजिक चौकमा कोण सभामा परिणत भएको थियो। लोकतान्त्रिक समाजवादी पार्टीका नगर अध्यक्ष किशोरी प्रशाद जैसवालको अध्यक्षतामा एवं के.स. डा. कमरुल्लाह अन्सारीको प्रमुख आतिथ्यतामा विभिन्न नाराबी गर्दै कालो दिवस मनाएका छन्। प्रमुख अतिथि डा. अंसारीले भने अधिकारका लागि सडकमा निस्कएका मधेसी जनतालाइ गोली हानेर बनाइएको संविधान मधेसका लागि स्वीकार्य नरहेको बताएका छन्। मधेसीको रगतले लेखिएको संविधानमै मधेसीकै अधिकार नसमेटिएको बताए। जब सम्म मधेसका माँग समेटिदैन तब सम्म मधेसीले यो संविधानको अपनत्व लिन सक्दैनन, असोज ३ गतेलाई कालो दिनकै रुपमा मनाउँछन्।

संविधान जारी हुनु पुर्व आफना माँग संविधान राख्न माँग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका मधेसीलाइ खस शासकले बदलाको भाव राखेर गोली चलाएर मधेसी सपुतहरुको हत्या गरेको आरोप पनि उनले आरोप लगाए। अहिले पनि मधेस प्रति शासकको विभेदकै व्यवहार रहेको भन्दै उनले भने अहिले पनि हाम्रा पार्टीका सांसद रेशम चौधरी जेलमै छन्, सयौं नेता कायकर्ताले मुद्धा खेपी रहेका छन्।

वडा अध्यक्ष राजेश यादव र कार्यपालिका सदस्य प्रमानन्द मुखियाले नगर पालिकाको बिसयमा उठाएका कुरा, अस्पताल छ तर औसधि उपलब्ध छैन त्यसै कारण एक अबोध बालक को मृत्यु भएको बारे भने यहाको यहा पनि त्यहि हालत रहेकोले नगरमा कुनै विकास नभएर भ्रष्टाचारमा मात्र भएको छ। नेपाली काङ्ग्रेस, एमाले र मावोवादि पार्टीका शिर्ष नेताहरु लाइ इगित गर्दै भने उनीहरुको जिनामै अरु लाइ शोषण गरि आफ्नो पोषण गर्ने नीति रहेकोले यहाका कार्यकर्ता केनै गर्न सक्छन भने नेता डा. अंसारीले कटाक्ष गरेका थिए।

उही संविधानको तहत नै आफु सांसद र विधायकको सेवा खाइ पाई आएको आएको आलोचना बारे जवाफ दिदै नेता डा. अंसारीले भने आफ्नो घरमा ३ सन्तान छन् भन्ने तीनै जना लाइ बरावरको हिसेदारी हुनु पर्ने यदि पाएँ भने उसले त्यहि घरमा बसी पालो पालो गरि सबै संग मिलेर आफ्नो अधिकार सुनिश्चित गर्न समनवय गर्न खोज्छ, त्यसै अनुरुप हामी पनि सरकारमा बसेको नेता डा. अंसारीले जवाफ दिएका थिए। बिरोध रर्यालीमा सयुको संख्यामा सर्वसाधारण तथा नेता कार्यकर्ताहरु रहेका थिए भने कार्यक्रम को सन्चालन सियाराम यादवले गरेका थिए।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer