Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

मधेशी पत्रकार समाज, नेपाल द्वारा “हिरो अफ मधेश” को सम्मान विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरु लाई प्रदान

प्रशौनी छठ ०२२
0 3,385
cin bigyapan
फेटा छठ ०२२

बीरगंज, पर्सा।

पचरौता छठ ०२२

मधेशी पत्रकार समाज, नेपाल द्वारा “हिरो अफ मधेश” को सम्मान विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रदान गरिएको छ। “ हिरो अफ मधेश ” नामै काफी छ । भन्नेमा मात्र सिमित नरहेको कुरा बुधबार आयोजित कार्यक्रममा छर्लङ्ग भएको छ। मधेशी पत्रकार समाज, नेपाल द्वारा आयोजित सम्मान कार्यक्रममा मधेशमा रहेर विभिन्न क्षेत्रमा आफ्नो योगदान गरेका मधेशी समुदायका मात्र नभएर विभिन्न समुदायका व्यक्तित्वहरु लाई “ हिरो अफ मधेश ” को अवार्ड एवम सम्मान पत्र प्रदान गरि मधेश को शान रहेको गम्छा समेत ओढाएर सम्मान गरिएको छ ।

आयोजित कार्यक्रममा अध्यक्षता गरि रहनुभएका मधेशी पत्रकार समाज, नेपाल का राष्ट्रिय अध्यक्ष मोहन कुमार सिंहले आफ्नो स्वागत मन्तव्य मा “हिरो अफ मधेश” को बारेमा प्रकाश पार्दै मधेशको उत्थानमा दिन रात आफ्नो योगदान निरन्तर दिइरहेका हरेक क्षेत्रमा लागेका व्यक्तित्वहरुलाई पहिचान गरी यस कार्यक्रममा सहभागी गराएको कुरा बताएका छन् । साथै यस्तो कार्यक्रम नेपालको ४ बटा ठाउँमा आयोजना गरिने कुराको जिकिर गर्दै त्यस मध्ये पहिलो कार्यक्रम पर्सा बीरगंजमा गरिएको हो । र क्रमशः काठमाडौं, विराटनगर तथा नेपालगञ्जमा गरि त्यस भेगका व्यक्तित्वहरुलाई “हिरो अफ मधेश” द्वारा सम्मानित गरिने कुराको जानकारी समेत अध्यक्ष सिंहले गराउनु
भएको छ ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि बीरगंज स्थित रहेको भारतीय महावाणिज्य दूतावास का राजनीतिक कन्सुलर शैलेन्द्र कुमारले एक लाईन मै सबै कुरा बताएका थिए। हामीले दृढतापूर्वक कुनै पनि काम गर्न चाहे भने गर्न सकिन्छ । मनुष्यले गर्न सक्ने जति सुकै गार्हो काम यदि आत्मविश्वास को साथ गरियो भने आवश्य सफल भईन्छ । प्रमुख अतिथि कुमारका अनुसार मानव भित्र असिम सक्ति लुकेको हुन्छ र त्यो दृढता पुर्वक गरेमा मात्र त्यो असिम शक्तिको प्रस्फुटन हुन्छ। सम्मानित हुन लागेका सबै महानुभाव लाई बधाई दिदै आफ्नो मन्तव्य टुंग्याएका थिए।

cin bigyapan

त्यस्तै सम्मानित भएकी पर्सा जिल्ला पोखरिया नगपालिका उप प्रमुख सालमा खातुनले आफ्नो फरक बिचार राख्दै उक्त सम्मान लाई थप अझ राम्रो कार्य गर्ने उर्जा प्राप्त भएको बताएका थिए। त्यस्तै फरक बिचार राख्दै यस्ता कार्य नेपाल सरकारले गर्नु पर्ने हो तर आज सम्म त्यस्ता कुनै सरकार पक्षले गर्न नसकेको पनि आफ्नो धारणा राखेका थिए। केहि जनाले त् आफु जति कार्य गरे पनि सम्मान नपाएर आफु निरुत्साहित भएको र उक्त सम्मान लाई एउटा अनौठो रुपमा लिएर राजनीतिक दलमाथि कटाक्ष गर्दै आफ्नो धारणामा सरकार माथि व्यंग समेत गरेका थिए। व्यंग स्वरूपमा राजनीतिक दलका आफ्नो कार्यकर्ता लाई मात्र सम्मान गर्ने गरिएकोले राम्रो कार्य गर्नेको उत्साह नै लोप भई रहेको तर आज मधेशी पत्रकार समाज लाई यस्ता सम्मान कार्यक्रम बाट अब फेरी राम्रो कार्य गर्ने पुन्य आत्मा लाई थप उर्जा प्रदान भएको बताएका थिए।

भने केहि रानीतिक दलका जनप्रतिनिधिले सम्मान कार्यक्रम लाई अर्कै दृष्टिकोणले हेर्दै सबै अतिनै सराहनीय रहे पनि अलि कमि रहेको पनि महसुस गरेको बताए। मधेश जनविद्रोह समितिका केंद्रिय सदस्य अजय पटेलले भने वास्तविक “हिरो अफ मधेश” अवार्डको उतराधिकारी ती मधेशी सहिदहरुको आमाबुबा छन जसले आफ्नो सन्तति लाई गुअमाएका छन्। त्यसकारण पटेलले पाएको सम्मान सहिद परिवार लाई श्रेय दिएका थिए।

उक्त सम्मान कार्यक्रममा लोकतान्त्रिक समाजबादी पार्टीका युवा नेता संजय यादब, अरविन्द यादव र शनि गुप्ता लाई सम्मानित गरिएको छ । उहाँहरु लाई युथ लिडरको रुपमा सम्मानित गरिएको हो । आज वीरगंज पब्लिक कलेजको हलमा मधेसी पत्रकार समाज नेपालले आयोजना गरेको उक्त कार्यक्रममा नेता यादवलाई भारतीय दूतावास बीरगँजका पोलिटिकल प्रमुख शैलेन्द्र कुमारले सम्मानित गर्नु भएको हो। सोह अवसरमा बाराको पचरौता नगरपालिका उप-प्रमुख इन्दु कुमारी यादव पनि सम्मानित भएकी छिन । तस्तै बिभिन्न संचारकर्मिहरु लाई सम्मान गर्ने क्रममा बाराका संचारकम्री अनिल वर्मा तथा अमरेश कुमार पाण्डेय लाई पनि सम्मान गरिएको छ।

उक्त सम्मान कार्यक्रममा १ सय जनालाई सम्मान गरिएको मा जनकपुर देखि चितवन लगायत दांग जिल्लामा रहेको नगरपालिका का ४० मेयर तथा उप मेयरहरु लाई आ आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरे वापत “हिरो अफ मधेश “ को सम्मान गरिएको थियो भन्ने विभिन्न राजनीतिक, पेशाकर्मी, समाज सेवी, संचारकर्मी, उधोगपति तथा व्यापारीहरु लाई पनि सम्मान गरिएको थियो। बीरगंज पब्लिक कलेजको सभाहलमा सम्पन्न कार्यक्रममा विषिष्ट अतिथिको रुपमा स्थानीय उधोगपति अशोक कुमार बैध, अशोक कुमार टेमानी तथा धिरज अग्रवाल लगायतको सहभागिता रहेको थियो भन्ने कार्यक्रम सञ्चालन मधेशी पत्रकार समाज, नेपाल का पर्सा जिल्ला अध्यक्ष श्याम प्रसाद गुप्ताले गरेका थिए।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer